2079-10-23
मिति २०७९/१०/२३ गते सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूबाट महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकील तथा कर्मचारीहरुलाई सम्बोधन गर्नुभयो । महान्यायाधिवक्ताको कार्यालयबाट आयोजित कार्यक्रममा बरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयले सम्माननीय प्रधानमन्त्रीलाई स्वागत गर्दै महान्यायाधिवक्ताको कार्यालयको निरीक्षण सम्बोधन गर्ने कार्यक्रममा उपस्थित भई हौसला बढाईदिनु भएकोमा आभार प्रकट गर्दै महान्यायाधिवक्ताको र अन्य सरकारी वकीलहरुको काम, कर्तव्य र अधिकार, कार्यालय र जनशक्ति संरचना, कार्यबोझ, सरकारी वकील कार्यालयहरुको भौतिक अवस्था लगायतको बिषयका साथै महान्यायाधिवक्ताको कार्यालयले नेपाल सरकारबाट राखेको अपेक्षाका बारेमा उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानूनी शासनको प्रबर्द्धनका लागि दण्डहिनताको अन्त्य गर्न कसूरदारलाई सजाय दिलाउने, अपराध पीडितलाई सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय दिलाउने कार्यमा महान्यायाधिवक्ताको कार्यालय क्रियासिल रहने कुरामा विश्वास व्यक्त गर्नुभयो । सक्षम र व्यवसायिक सरकारी वकीलका लागि सरकारी वकील र महान्यायाधिवक्ताको मातहतमा रहने अन्य कर्मचारीहरूको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी कानून बनाउन नेपाल सरकारले आवश्यक पहल गर्ने कुरा व्यक्त गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वकीलको एकाइ र दरबन्दी कायम गर्न जरुरी भएको उल्लेख गर्दै यसका लागि प्राथमिकताका साथ कार्य अगाडि बढाइने प्रतिबद्दता समेत व्यक्त गर्नुभयो । कारागार, हिरासत तथा बालसुधार गृहको विस्तार र सेवा सुविधा वृद्धि गर्ने कार्य नेपाल सरकारको प्राथमिकता रहेको कुरा समेत व्यक्त गर्नुभयो।
सम्बोधनकै क्रममा, कसूरको अनुसन्धान, अभियोजन र प्रतिरक्षाको कार्यलाई थप प्रभावकारी बनाउन र विधि विज्ञान प्रयोगशालाहरुको स्तरोन्नती र प्रदेश तहसम्म विस्तार गर्ने कार्यमा महान्यायाधिवक्ताको कार्यालयबाट गरिएका प्रयासमा नेपाल सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने प्रतिबद्दता समेत व्यक्त गर्नुभयो । सरकारी वकीलको कार्यचापका आधारमा दरबन्दी संरचना पुनरावलोकन गर्नु पर्ने आवश्यकता देखिएकोले यसका लागि नेपाल सरकारका सम्वद्ध निकायबाट आवश्यक व्यवस्था हुने जानकारी गराउँदै महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चबर्षीय रनणीतिक योजना कार्यान्वयनमा नेपाल सरकारले यथोचित सहयोग र साधन स्रोत उपलब्ध गराउने र वार्षिक प्रतिवेदन 2078/079 मा उल्लिखित समस्या तथा सुझावहरू सम्बोधन गर्न नेपाल सरकारको तर्फबाट समुचित पहल हुनेमा विश्वास दिलाउनु भयो ।
कार्यक्रममा समापन मन्तव्य राख्दै माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले महान्यायाधिवक्ता नियुक्त भई पद बहाली पश्चात अनुभूति भएका कुरा र नेपाल सरकारबाट गरिएको अपेक्षा समेत उल्लेख गर्दै सम्माननीय प्रधानमन्त्रीबाट भएको अवलोकन भ्रमण र महत्वपूर्ण सम्बोधनले सबै सरकारी वकील र कर्मचारीहरुलाई उत्साहित बनाएकोमा आभार प्रकट गर्नुभयो ।
परिपत्र सम्बन्धी सूचना
Secondment Programme for Trade Lawyers 2023-2024 सम्बन्धमा।
क्षमता अभिबृद्धि सम्बन्धी १५ दिने प्रशिक्षण सम्बन्धमा
जिल्ला अदालतका न्यायाधीश पदपूर्ति सम्बन्धी सूचना प्रकाशन ।
वैदेशिक अध्ययन/तालिम कार्यक्रम छात्रवृत्ति मनोनयन सम्वन्धमा
वैदेशिक अध्ययन/तालिम कार्यक्रम छात्रवृत्ति मनोनयन सम्वन्धमा
अन्तरक्रिया कार्यक्रम सम्बन्धी, मनोनयन गरिएको सम्बन्धमा (२)
अन्तरक्रिया कार्यक्रम सम्बन्धी, मनोनयन गरिएको सम्बन्धमा (१)
सहभागिता सम्बन्धमा
सरकारी वकीलहरूका लागि विधिविज्ञान सम्बन्धी प्रशिक्षण कार्यक्रम-२को मनोनयन सम्बन्धमा
सम्माननीय प्रधानमन्त्रीज्यूबाट महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकील तथा कर्मचारीहरुलाई सम्बोधन ।
आ.व. २०७८।७९ को वार्षिक प्रतिवेदन पेश गरेको सम्बन्धमा ।
महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीको बिदाई ।
सरकारी वकीलहरुको चौथो राष्टिय सम्मेलन २०७९ घोषणापत्र जारी गर्दै समापन ।
सरकारी वकीलहरुको चौथो राष्टिय सम्मेलन २०७९ को उदघाटन ।
आ.व. २०७७/७८ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन
स्थापना दिवस कार्यक्रम सम्बन्धी ।
जनकपूरमा सरकारी वकीलहरुको राष्टिय कार्य समीक्षा कार्यक्रम ।
मुख्य न्यायाधिवक्ताको काम, कारवाही एवम् महान्यायाधिवक्ताको कार्यालयसँगको अन्तरसम्बन्ध विषयक चौंथो राष्ट्रिय कार्यशाला सम्पन्न ।
नवोदित सरकारी वकीलहरूको लागि आयोजित ८ दिवसीय प्रशिक्षण कार्यक्रमको समुद्घाटन ।