सरकारी वकीलहरुको चौथो राष्टिय सम्मेलन २०७९ घोषणापत्र जारी गर्दै समापन ।

samachar

2079-9-11

२०७९ साल पौष ८ गते देखि १० गतेसम्म काठमाडौंमा भएको सरकारी वकीलहरुको चौथो राष्टिय सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ।समापन समारोहमा विशेष अतिथि सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाले सम्बोधन गर्दै फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउने र कानूनी शासन कायम गर्ने कार्यमा सरकारी वकील संगठनको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनु भयो।संहिता कानूनको कार्यान्वयनमा सरकारी वकीलले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गर्नुभयो।सम्मेलनले पारित गरेका घोषणापत्रको कार्यान्वयनमा न्यायालयले समेत सहयोग गर्ने बताउनु भयो।फौजदारी कानूनको कार्यान्वयनमा आइरहेका कठिनाई सम्बोधनमा सरकारको ध्यान जानुपर्ने पनि उहाँले सो अवसरमा उल्लेख गर्नुभयो।सम्मेलनको समापन समारोहमा नेपाल बार एशोसियसनका महासचिव श्री अन्जिता खनालले समेत सम्बोधन गर्नु भएको थियो।

समापन समारोह माननीय महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीको अध्यक्षतामा भएको थियो।महान्यायाधिवक्ता खम्म बहादुर खातीले समापन समारोहलाई सम्बोधन गर्दै सरकारी वकीलको सेवा शर्त सुबिधा सम्बन्धी कानून तर्जुमा गर्न आवश्यक रहेको र यसका लागि सबैको प्रयास आवश्यक रहेको बताउनु भयो।सम्मेलनले पारित गरेको घोषणापत्रमा समावेश भएका विषयहरु महत्वपूर्ण रहेको समेत उहाँले बताउनु भएको थियो।

सम्मेलनमा विभिन्न चार वटा विषयमा कार्यपत्र प्रस्तुत भएका र सहभागिहरु बीच छलफल भै समूहगत रुपमा निष्कर्षहरु प्रस्तुत भएको थियो। सोही आधारमा १५ बुँदे घोषणापत्र पारित गरिएको थियो।समापन समारोहमा उत्कृष्ट कार्य गर्ने पाँच जना सरकारी वकील र पाँच जना कर्मचारीलाई विशेष अतिथि माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाले पुरस्कार प्रदान गर्नु भयो। पुरस्कृत हुने सरकारी वकीलहरुमा विशेष सरकारी वकील कार्यालयका उपन्यायाधिवक्ता श्री उर्मिला दाहाल उच्च सरकारी वकील कार्यालय , पाटनका उपन्यायाधिवक्ता श्री दिनेश कुमार रेग्मी , जिल्ला सरकारी वकील कार्यालय , अर्घाखाँचीका जिल्ला न्यायाधिवक्ता श्री श्यामसुन्दर चौधरी , महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्री पुष्पराज बास्तोला र उच्च सरकारी वकील कार्यालय , तुलसीपूरका सहायक न्यायाधिवक्ता श्री टिका कुमारी केसी हुनुहुन्छ भने कर्मचारीहरुमा जिल्ला सरकारी वकील कार्यालय, मोरङका नायव सुव्वा श्री घनेन्द्र राय क्षेत्री जिल्ला सरकारी वकील कार्यालय, कैलालीका नायव सुव्वा श्री ईश्वर कुमार आग्री, उच्च सरकारी वकील कार्यालय , पोखराका नायव सुव्वा श्री सबिना सुनम रसायली , महान्यायाधिवक्ताको कार्यालयका नायव सुव्वा सिन्धु पंज्ञानी र उच्च सरकारी वकील कार्यालय ,जनकपूरका हलुका सवारी चालक श्री लक्ष्मी साह हलुवाई हुनुहुन्छ।यस बर्षको सर्वोत्कृष्ट बर्ष सरकारी वकीलको पुरस्कार सहन्यायाधिवक्ता श्री गोपाल प्रसाद रिजालले प्राप्त गर्नु भएको छ।उहाँलाई उद्घाटन समारोहमा सो पुरस्कार प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाले प्रदान गर्नु भएको थियो।समापन समारोहमा पर्यबेक्षकका तर्फबाट प्रहरी बरिष्ठ उपरीक्षक श्री यज्ञ विनोद पोखरेल र सहभागी सरकारी वकीलका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता श्री सिमा यादव र जिल्ला न्यायाधिवक्ता श्री देवेन्द्रराज आचार्यले मन्तव्य राख्नु भएको थियो।समापन कार्यक्रमको संचालन उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवालीले गर्नु भएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।


कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।


कारागार कार्यालयमा Smart TV हस्तान्तरण ।


कोशी प्रदेशको विराटनगरमा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारीबीच अन्तरक्रिया कार्यक्रम ।


अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरीबीच अन्तरक्रिया कार्यक्रम ।


गण्डकी प्रदेशको कास्की जिल्लामा लैङ्गिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


महान्यायाधिवक्ताज्यूको १०० दिनको कार्य सम्पादन र भावी कार्यदिशा सम्बन्धी कार्यक्रम ।


लुम्बिनी प्रदेशको बुटवलमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादन अधिकारीसँगको अन्तरक्रिया कार्यक्रम ।