स्थापना दिवस कार्यक्रम सम्बन्धी ।

samachar

2078-9-26

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा मिति २०७८ साल पुष ८ गते काठमाडौंस्थित कार्की बैंक्वेटमा महान्यायाधिवक्ताको कार्यालयले स्थापना दिवस कार्यक्रमको आयोजना गरेको थियो।सो कार्यक्रमको अध्यक्षता माननीय महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीज्यूले गर्नुभएको थियो। सो कार्यक्रममा उपस्थित प्रमुख अतिथि एवम् अतिथिहरुलाई वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री कृष्णजिवी घिमिरेज्यूले स्वागत गर्नुभएको थियो।

तत्पश्चात कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले पानसमा दिप प्रज्जवलन गरी स्थापना दिवस समारोहको समुद्घाटन गर्नुभएको थियो।कार्यक्रमको समुद्घाटनपश्चात महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवसका अवसरमा प्रकाशन गरिएको स्थापना दिवस विशेषाङ्कको सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले विमोचन गर्नुभएको थियो

तत्पश्चात सम्माननीय प्रधानमन्त्रीज्यूले पूर्व महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारी तथा पूर्व नायब महान्यायाधिवक्ताहरुलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरी सम्मान व्यक्त गर्नुभएको थियो।यसैगरी स्थापना दिवसको अवसर पारी आयोजना गरिएको अन्तरकलेजस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम र द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो।

सम्वत २०७३ सालदेखि वर्षभरि उत्कृष्ट कार्यसम्पादन गर्ने एकजनालाई सर्वोत्कृष्ट वर्ष सरकारी वकिल र उत्कृष्ट १० जना सरकारी वकिल तथा कर्मचारीलाई प्रत्येक वर्ष पुरस्कृत गरिदै आएकोमा यस वर्ष सर्वोत्कृष्ट वर्ष सरकारी वकिल २०७८ पुरस्कारमहान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्राप्त गर्नुभएको थियो।उहाँलाई प्रधानमन्त्री देउवाले मेडल तथा सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो।साथै, सो अवसरमा देशभरका उत्कृष्ट १० सरकारी वकिल तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।त्यसक्रममा सर्वोत्कृष्ट सरकारी वकीलको रुपमा पुरस्कृत सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मीले संक्षिप्त मन्तव्य राख्दै यस प्रकारको सम्मानले आफुलाई अझ हौसला प्रदान गरेको उल्लेख गर्दै अन्य पुरस्कृत सरकारी वकील तथा कर्मचारीहरुको तर्फबाट समेत महान्यायाधिवक्ताको कार्यालयलाई धन्यवाद प्रकट गर्नुभएको थियो।

शुभकामना मन्तव्य राख्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन एवम् न्यायालयको सुधारका लागि आवश्यक कदम चाल्नका लागि सम्माननीय ्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो। सम्मानित व्यक्तित्वहरुमध्येबाट पूर्व नायब महान्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदीज्यूले आफुहरुले पसिना बगाएको संस्थाले यसरी सम्मानित गर्दा आफूहरु अत्यन्तै उद्वेलित भएको उल्लेख गर्दै महान्यायाधिवक्ताको कार्यालय परिवारलाई धन्यवाद प्रकट गर्नुभएको थियो।

प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूले मन्तव्य राख्दै मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गर्नुभएको थियोसम्माननीय प्रधानमन्त्रीज्यूले विधिको शासन, मानवअधिकार संरक्षण गर्ने कार्यका साथै फौजदारी कानून, नागरिक अधिकार र कानूनी शासनको कार्यान्वयनका लागि व्यवसायिकरुपमा यो संस्थाले काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि संविधान र कानूनको क्षमताले भ्याएसम्म विशिष्टिकृत तरिकाले आफ्नो काम पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो

माननीय महान्यायाधिवक्ता खम्मबहादुर खातीज्यूले लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायापालिकाको रक्षाका लागि सरकारी वकिलको क्षमता वृद्धिका साथै दरबन्दीसमेत थप्नुपर्ने जरुरी रहेको र त्यसका लागि सरकारले सहयोगसमेत गर्न आग्रह गर्नुभएको थियो

सो कार्यक्रममा  विशेष अतिथिका रुपमा राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु, पूर्व महान्यायाधिवक्ताहरु, नेपाल बार एशोसिएशनका अध्यक्ष, नायब महान्यायाधिवक्ताहरु, न्याय सेवा अन्तरगतका नेपाल सरकारका सचिव, प्रहरी महानिरीक्षक, पूर्व नायब महान्यायाधिवक्ताहरु  एवम्  उपत्यका स्थित सरकारी वकील तथा कर्मचारीहरु, संचारकर्मी तथा पत्रकारहरु, सुरक्षाकर्मी समेत गरी ३५० जनाजतिको उपस्थिति रहेको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ।


सुझाव पेस गर्ने सम्बन्धी सुचना ।


प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति, २०८० सम्बन्धमा ।


फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण


कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नुपर्नै मापदण्ड तथा शर्तहरु, २०८०


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्र्तिमा मनोनयन गर्ने सम्वन्धमा


सेवा विस्तारको जानकारी सम्बन्धमा ।


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्त्तिमा मनोनयन गर्ने सम्बन्धमा


सरकारी वकीललाई छात्रवृत्तिमा स्नातकोत्तर अध्ययनको निम्ति Scholarship Profile सम्बन्धमा ।


पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन सम्बन्धमा ।


समाचार

नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।