स्थापना दिवस कार्यक्रम सम्बन्धी ।

samachar

2078-9-26

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा मिति २०७८ साल पुष ८ गते काठमाडौंस्थित कार्की बैंक्वेटमा महान्यायाधिवक्ताको कार्यालयले स्थापना दिवस कार्यक्रमको आयोजना गरेको थियो।सो कार्यक्रमको अध्यक्षता माननीय महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीज्यूले गर्नुभएको थियो। सो कार्यक्रममा उपस्थित प्रमुख अतिथि एवम् अतिथिहरुलाई वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री कृष्णजिवी घिमिरेज्यूले स्वागत गर्नुभएको थियो।

तत्पश्चात कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले पानसमा दिप प्रज्जवलन गरी स्थापना दिवस समारोहको समुद्घाटन गर्नुभएको थियो।कार्यक्रमको समुद्घाटनपश्चात महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवसका अवसरमा प्रकाशन गरिएको ‘स्थापना दिवस विशेषाङ्क’को सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले विमोचन गर्नुभएको थियो।

तत्पश्चात सम्माननीय प्रधानमन्त्रीज्यूले पूर्व महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारी तथा पूर्व नायब महान्यायाधिवक्ताहरुलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरी सम्मान व्यक्त गर्नुभएको थियो।यसैगरी स्थापना दिवसको अवसर पारी आयोजना गरिएको अन्तरकलेजस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम र द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो।

सम्वत २०७३ सालदेखि वर्षभरि उत्कृष्ट कार्यसम्पादन गर्ने एकजनालाई ‘सर्वोत्कृष्ट वर्ष सरकारी वकिल र उत्कृष्ट १० जना सरकारी वकिल तथा कर्मचारीलाई प्रत्येक वर्ष पुरस्कृत गरिदै आएकोमा यस वर्ष ‘सर्वोत्कृष्ट वर्ष सरकारी वकिल –२०७८ पुरस्कार’ महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्राप्त गर्नुभएको थियो।उहाँलाई प्रधानमन्त्री देउवाले मेडल तथा सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो।साथै, सो अवसरमा देशभरका उत्कृष्ट १० सरकारी वकिल तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।त्यसक्रममा सर्वोत्कृष्ट सरकारी वकीलको रुपमा पुरस्कृत सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मीले संक्षिप्त मन्तव्य राख्दै यस प्रकारको सम्मानले आफुलाई अझ हौसला प्रदान गरेको उल्लेख गर्दै अन्य पुरस्कृत सरकारी वकील तथा कर्मचारीहरुको तर्फबाट समेत महान्यायाधिवक्ताको कार्यालयलाई धन्यवाद प्रकट गर्नुभएको थियो।

शुभकामना मन्तव्य राख्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन एवम् न्यायालयको सुधारका लागि आवश्यक कदम चाल्नका लागि सम्माननीय प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो। सम्मानित व्यक्तित्वहरुमध्येबाट पूर्व नायब महान्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदीज्यूले आफुहरुले पसिना बगाएको संस्थाले यसरी सम्मानित गर्दा आफूहरु अत्यन्तै उद्वेलित भएको उल्लेख गर्दै महान्यायाधिवक्ताको कार्यालय परिवारलाई धन्यवाद प्रकट गर्नुभएको थियो।

प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूले मन्तव्य राख्दै मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गर्नुभएको थियो।सम्माननीय प्रधानमन्त्रीज्यूले विधिको शासन, मानवअधिकार संरक्षण गर्ने कार्यका साथै फौजदारी कानून, नागरिक अधिकार र कानूनी शासनको कार्यान्वयनका लागि व्यावसायिकरुपमा यो संस्थाले काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि संविधान र कानूनको क्षमताले भ्याएसम्म विशिष्टिकृत तरिकाले आफ्नो काम पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो।

माननीय महान्यायाधिवक्ता खम्मबहादुर खातीज्यूले लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायापालिकाको रक्षाका लागि सरकारी वकिलको क्षमता वृद्धिका साथै दरबन्दीसमेत थप्नुपर्ने जरुरी रहेको र त्यसका लागि सरकारले सहयोगसमेत गर्न आग्रह गर्नुभएको थियो।

सो कार्यक्रममा  विशेष अतिथिका रुपमा राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु, पूर्व महान्यायाधिवक्ताहरु, नेपाल बार एशोसिएशनका अध्यक्ष, नायब महान्यायाधिवक्ताहरु, न्याय सेवा अन्तरगतका नेपाल सरकारका सचिव, प्रहरी महानिरीक्षक, पूर्व नायब महान्यायाधिवक्ताहरु  एवम्  उपत्यका स्थित सरकारी वकील तथा कर्मचारीहरु, संचारकर्मी तथा पत्रकारहरु, सुरक्षाकर्मी समेत गरी ३५० जनाजतिको उपस्थिति रहेको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।


अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।


Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।