2078-9-11
जनकपूरमा प्रदेश नं २ अन्तर्गतका ८ जिल्ला, प्रदेश नं १ को उदयपुर र बागमती प्रदेशको मकवानपूर, रामेछाप र सिन्धुली जिल्लाका जिल्ला तथा उच्च सरकारी वकील कार्यालयका सरकारी वकीलहरुको दुई दिवसीय राष्टिय कार्य समीक्षा तथा अन्तरक्रिया कार्यक्रमको आज माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीले एक समारोहका बीच उद्घघाटन गर्नुभयो।पौष ११ र १२ गते हुने दुई दिवसीय उक्त कार्यक्रमको उद्घघाटन मन्तव्य राख्दै माननीय महान्यायाधिवक्ताले संहिता कानूनहरुको कार्यान्वयन गर्ने कुरालाई प्रहरी र सरकारी वकीलहरुले जोड दिनुपर्ने र कानूनमा देखिएका कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताउनु भयो।सरकारी वकीलको जनशक्ति कार्यबोझका तुलनामा कम रहेकोले त्यसतर्फ पहल गरिने उल्लेख गर्नुभयो।सरकारी वकीलले स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्नुपर्ने र अभियोजनको कार्यलाई प्रभावकारी बनाउने विषयमा कार्यक्रममा छलफल गर्नुपर्ने बताउनु भयो।
उद्धघाटन कार्यक्रममा विशेष अतिथि उच्च अदालत जनकपूरका माननीय मुख्य न्यायाधीश श्री विनोद शर्माले शुभकामना मन्तव्य राख्दै यस कार्यक्रममा सरकारी वकील कार्यालयका काम कारबाही र कठिनाईहरुको बारेमा समीक्षा गरी प्रभावकारी बनाउने कुरामा केन्द्रीत हुने अपेक्षा राख्नु भयो।उक्त कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकार, उच्च अदालत जनकपूर वार एशोसियसनका अध्यक्ष श्री किशोरी शाह र न्यायमा पहुँच परियोजनाका वसन्त अधिकारीले शुभकामना मन्तव्य राख्नु भयो।
महान्यायाधिवक्ताको कार्यालयका वरिष्टतम नायव महान्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरेको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा नायव महान्यायाधिवक्ता श्री विश्वराज कोईरालाले स्वागत मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा प्रहरी अधिकृत तथा अर्धन्यायिक निकायका पर्यबेक्षक प्रतिनिधि सहित ५० जनाको सहभागिता रहेको छ।उक्त कार्यक्रममा जातीय छुवाछूत लगायत महिला विरुद्धका कसूरको अभियोजन, अपराध अनुसन्धानका चुनौति र सरकारी वकीलसँगको अपेक्षा, मुद्दा दोहोराउने निवेदन लगायत प्रतिरक्षामा देखिएका समस्या विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिने र छलफल गरिनेछ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
मिति २०८२/०५/१८ गतेको परिपत्र सम्बन्धमा ।
सम्मेलनमा सहभागीहरूले पालना गर्नुपर्ने नियमहरू ।
महिला सरकारी वकीलरुको सम्मेलन सम्बन्धमा ।
सेवा प्रवेश तालिम संचालन सम्बन्धमा ।
महिला सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन - मनोनयन सम्बन्धमा ।
सूचना प्रचार प्रसार सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२/०५/०८ गतेको निर्णयानुसार भएको काज सरूवा ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को कार्यान्वयन तथा अनुसन्धान अभियोजन सम्बन्धमा ।.PDF
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।