मुख्य न्यायाधिवक्ताको काम, कारवाही एवम् महान्यायाधिवक्ताको कार्यालयसँगको अन्तरसम्बन्ध विषयक चौंथो राष्ट्रिय कार्यशाला सम्पन्न ।

samachar

2078-7-29

मिति २०७८|०७|२६ र २७ गते चितवनको सौराहामा मुख्य न्यायाधिवक्ताको काम, कारवाही एवम् महान्यायाधिवक्ताको कार्यालयसँगको अन्तरसम्बन्ध विषयक चौंथो राष्ट्रिय कार्यशाला सम्पन्न भएको   छ। 

मिति २०७८।०७।२६ गते शुक्रबार प्रमुख अतिथि माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीबाट पानसमा बत्ती बाली समुद्घाटन गरिएको सो कार्यशालाको अध्यक्षता वरिष्ठतम नायब महान्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरेले गर्नुभएको थियो।नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाले कार्यशालाको उद्देश्य माथि प्रकाश पार्दै अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । 

 कार्यशालामा मुख्य न्यायाधिवक्ताको कार्य सम्पादनको अवस्था विषयमा लुम्बीनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री श्रीकृष्ण सुवेदी र महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना र मुख्य न्यायाधिवक्ताको कार्यालयसँगको समन्वय र सहकार्य विषयमा  सहन्यायाधिवक्ता  श्री संजीवराज रेग्मीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

दुवै कार्यपत्र प्रस्तुत भैसकेपश्चात छलफल सत्रमा नायब महान्यायाधिवक्ता श्री पद्मप्रसाद पाण्डेय, प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता श्री दिपेन्द्र झागण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता श्री रोहित राज बाँस्तोला र सुदुरपश्चिम प्रदेशका मुख्यन्यायाधिवक्ता श्री कुलानन्द उपाध्याय तथा मुख्य न्यायाधिवक्ताको कार्यालयमा कार्यरत उपन्यायाधिवक्ताहरु श्री कृष्णबटु भण्डारी, श्री द्रोणप्रसाद पौडेल र श्री सूर्यप्रसाद पौडेलले कार्यपत्रमा उठेका विषयवस्तुहरु उपर आफ्नो धारणा राख्नुभएको थियो। तत्पश्चात कार्यपत्रप्रस्तुतकर्ताहरुले केही जिज्ञासाको सम्बोधन गर्नुभएको थियो।

कार्यशालाको समापनको क्रममा बोल्दै माननीय महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीले महान्यायाधिवक्ताको कार्यालयले विगतदेखि नै मुख्य न्यायाधिवक्ता र मुख्य न्यायाधिवक्ताको कार्यालयलाई महत्वका साथ समन्वय र सहकार्य गर्दै आइरहेको छ। सो क्रमको निरन्तरतास्वरुप आज चौथो राष्ट्रिय कार्यशालाको आयोजना गरिएको हो।यसलाई सदैव निरन्तरता दिनुपर्छ। यस कार्यशालामा हामीले एकअर्कालाइ दोषारोपण गर्दै विवादका लागि विवाद गरेनौं, निकासका लागि छलफल गर्‌यौं ।केही अस्पष्टताहरु अझैपनि छन त्यसलाई स्पष्ट पार्न महान्यायाधिवक्ताको कार्यालयबाट साझा धारणा बनाएर मुख्य न्यायाधिवक्ताको कार्यालयहरुमा जानकारी सम्प्रेषण गरिनेछ।हामी समन्वय र सहकार्यबाट अगाडि बढ्ने नै हो। यस किसिमका कार्यक्रमहरु मुख्य न्यायाधिवक्ताको कार्यालयबाट पनि आयोजना गर्नुहोस महान्यायाधिवक्ताको कार्यलय सदैव समन्वयका लागि तयार रहेको स्पष्ट समेत पार्नुभयो ।

कार्यशालाको समापन गर्दै वरिष्ठतम नायब महान्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरेले मुख्य न्यायाधिवक्ताहरुसँग कर्मचारी दरबन्दी र सरुवाको सन्दर्भमा परामर्श भएको छ ।हामी पनि त्यस कार्यालयमा दरबन्दी अनुरुपका नै सरकारी वकील पठाउन उद्दत त छौं तर  हाम्रो कार्यालयमा सरकारी वकीलको संख्या  कति छन भन्ने कुरा यहाँहरुले पनि बुझिदिनुपर्छ।तरपनि हामीले सकेसम्म दरबन्दी रिक्त नहुन भरमग्दुर प्रयासमा नै रहेका छौं ।यस कार्यशालाले प्रदेश अन्तरगत रहेको मुख्य न्यायाधिवक्ताको कार्यालय हरुलाई संघीय निकायसँग र संघ अन्तरगतको महान्यायाधिवक्ताको कार्यालयलाई मुख्य न्यायाधिवक्ताको कार्यालयसँग आफ्ना विषयवस्तुहरु राख्नका लागि पनि space प्रदान गरेको छ।कार्यशाला सफल रुपमा सम्पन्न हुँदैछ। दुवै कार्यालयका बिचमा समन्वय रहिआएको र सोक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो।

उक्त कार्यशालामा  महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता, चारवटा प्रदेशका मुख्य न्यायाधिवक्ता सहन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता मुख्य न्यायाधिवक्ताको कार्यालयमा कार्यरत उपन्यायाधिवक्ता तथा अन्य सरकारी वकील एवम् कर्मचारीहरु समेत ३० जनाको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजालले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


मिति २०८३।०२।२३ र २४ गते कोशी प्रदेशको विराटनगरमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।


मिति २०८३।०२।१६ र १७ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।


मिति २०८३।०२।१६ र १७ गते लुम्बिनी प्रदेशको बुटबलमा आयोजना हुने सरकारी वकीलहरूको प्रादेशिक कार्यशाला, २०८३ र चौथो पंचवर्षीय रणनीतिक योजनाका प्रस्तावित क्रियाकलाप कार्यक्रम सम्बन्धी मनोनयन सम्बन्धमा ।


मिति २०८३।०१।२५ गतेको काज सरूवा सम्बन्धमा ।


China/MOFCOM Scholarship मा मनोनयन गर्ने सम्बन्धमा ।


मिति २०८३।०१।११ गतेको निर्देशन सम्बन्धमा ।


मिति २०८३।०१।०३ गतेको निर्णयानुसार भएको काज सम्बन्धमा ।


मिति २०८२।१२।३० गते सर्वोच्च अदालतबाट जारी भएको परिपत्र ।


समाचार

आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।