नवनियुक्त माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीद्वारा पदवहाली ।

samachar

2078-4-1

नवनियुक्त महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीले आज मिति 2078।04।01 गते महान्यायाधिवक्ताको कार्यालयमा पदवहाली गर्नुभयो । सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाको सिफारिसमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले हिजो उहाँलाई महान्यायाधिवक्ता पदमा नियुक्ति गर्नुभएको थियो । महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँलाई सो कार्यालयका नायब महान्यायाधिवक्ताहरु तथा सम्पूर्ण कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीले संविधान र कानून बमोजिम कार्यसम्पादन गर्न र सेवाग्राहीहरुलाई न्याय प्रदान गर्ने कार्यमा केन्द्रित भएर लाग्न सबै सरकारी वकील तथा कर्मचारीहरुलाई आग्रह गर्नुभयो । सम्बोधनका क्रममा उहाँले महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनालाई कार्यान्वयन गर्ने तथा महान्यायाधिवक्ताको कार्यालयको मूल्य र मान्यतालाई कायम राख्दै कानूनको शासन कायम गर्ने कुरामा आफू प्रतिबद्द रहेको बताउनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट वरिष्टतम् नायब महान्यायाधिवक्ता श्री पद्‍मप्रसाद पाण्डेयले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सो कार्यक्रमको सञ्चालन सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले गर्नुभएको थियो ।

यसअघि सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रमका बीच सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र सम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्तालाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सेवा विस्तारको जानकारी सम्बन्धमा ।


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्त्तिमा मनोनयन गर्ने सम्बन्धमा


सरकारी वकीललाई छात्रवृत्तिमा स्नातकोत्तर अध्ययनको निम्ति Scholarship Profile सम्बन्धमा ।


पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन सम्बन्धमा ।


Australia Awards Scholarship अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


KOICA Scholarship Program छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


वैदशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


वैदशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


प्रतिभा डबली कार्यक्रम संचालन सम्बन्धमा ।


वैदशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धम ।


समाचार

नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।