2078-3-21
माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूले जिल्ला सरकारी वकील कार्यालय काभ्रेपलाञ्चोकमा २०७८ असार २१ गते आयोजित एक कार्यक्रमका बीच कारागार कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुखलाई कैदवन्दीलाई अध्ययन गर्ने प्रयोजनका लागि पुस्तक हस्तान्तरण गर्नुभएको छ ।
कारागार कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकलार्इ ती कारागारमा रहेका कैदीवन्दीलार्इ नेपालको संविधान, ऐन, कानून लगायत विभिन्न विषयमा अध्ययन गर्ने वातावरण विकास गरि पठन पाठनमा सहभागिता सुनिश्चित गर्ने प्रयोजनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट कुल ३०२ थान पुस्तक प्रदान गरिएको हो। माननीय महान्यायाधिवक्ताज्यूले कारागार कार्यालय, धुलिखेलका जेलर श्री गायत्री प्रसाद अधिकारी मार्फत कैदी बन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।
माननीय महान्ययाधिवक्ताज्यूले संविधान र कानूनद्वारा निर्दिष्ट जिम्मेवारी अनुरुप महान्यायाधिवक्ताको कार्यालयबाट कारागार कार्यालयहरूको अनुगमन गरी उक्त कार्यालयहरुको भौतिक तथा अन्य पक्षको सुदृढिकरणका लागी सम्बन्धित निकायमा समन्वय समेत गर्ने गरिएको बताउनुभयो । यसका साथै हस्तान्तरण गरिएका पुस्तकहरुको उचित प्रयोग गरि कैदी बन्दीको सजाय भुक्तान पश्चातको समाजिक पुनर्स्थापनाको प्रकृया अझै सहज बनाउन सकिने जिकिर गर्नुभयो।
कारागार कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकका जेलर श्री गायत्री प्रसाद अधिकारीज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त पुस्तकहरूले कारागारमा रहेका कैदीवन्दीहरूलार्इ अध्ययन गर्ने वातावरण सिर्जना गरी कैदीवन्दीमा सजाय पश्चातको जीवन सहज तुल्याउन सहयोग पुग्ने बताउनुभयो ।उहाँले महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयहरुबाट कारागार कार्यालयलाई बेला मौकामा प्रदान हुने सहयोगका लागी कारागार कार्यालय सदैव आभारी रहेको समेत जानकारी दिनुभयो ।
महान्यायाधिवक्ताको कार्यालयको तेश्रो रणनितिक योजनाको कार्यान्वयन गर्ने शिलशिलामा संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा कारागार कार्यालयहरूका लागि नेपालको संविधान, ऐन नियमका पुस्तकहरू लगायत अन्य पठनीय सामाग्रीहरू खरिद गरी हस्तान्तरण गर्न लागेको हो ।
उक्त पुस्तक हस्तान्तरण कार्यक्रमको सञ्चालन जिल्ला न्यायाधिवक्ता श्री चन्द्र कुमार पोखरेलले गर्नुभएको थियो ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
मनोनयन सम्बन्धमा
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।