सरकारी वकील र प्रहरी अनुसन्धान अधिकृतका लागि आयोजित बाल न्याय सम्बन्धी तीन दिवसीय प्रशिक्षण कार्यक्रम २०७७ चैत्र २६ गते सम्पन्न ।

samachar

2077-12-26

महान्यायाधिवक्ताको कार्यालय, नेपालको अभियोजन प्रशिक्षण केन्द्रद्वारा २०७७ चैत्र २४ गतेदेखि चैत्र २६ गतेसम्म महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा आयोजित बाल न्याय सम्बन्धी तीन दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।उक्त प्रशिक्षण कार्यक्रमको उद्घघाटन २०७७ चैत्र २४ गते माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूले गर्नुभएको थियो ।

माननीय महान्यायाधिवक्ताज्यूले उद्घघाटन समारोहलाई सम्बोधन गर्दै बालबालिका सम्बन्धी मुद्दाको गोपनियता कायम गर्दै अनुसन्धान र अभियोजनमा अपनाउनुपर्ने संवेदनशीलता अपनाई बालमैत्री वातावरण अपनाउन गर्नुपर्ने कार्यहरूका बारेमा सहभागीहरूको तालिमले क्षमतामा विकास गरी पदिय जिम्मेवारी वहन गर्न सघाउ पुर्याउने बताउनुभयो ।अनुसन्धान अधिकृत र सरकारी वकीलबीच मुद्दाको अपनत्व लिर्इ राम्रो ढंगले हुने समन्वय र सहकार्यले मात्र सरकारवादी मुद्दाको सहि तरिकाले अनुसन्धान र अभियोजन भई प्रभावकारी हुनेमा उहाँले जोड दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा साक्षी संरक्षण, बालबालिका संलग्न मुद्दाको अनुसन्धान प्रकृया, बालबालिका संलग्न मुद्दामा अभियोजन सम्बन्धी ब्यवस्था, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी कानुनी ब्यवस्था, अपराध पीडितको हक, बाल न्यायको अवधारणा तथा बालबालिका सम्बन्धी ऐन २०७५ मा भएका कानुनी ब्यवस्था र दिशान्तर लगायतका विषयहरूमा प्रस्तुती र छलफल गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमको स्रोत ब्यक्तिहरूमा नायव महान्यायाधिवक्ता श्री विश्वराज कोइराला, नायव महान्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई, सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल, सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी, सहन्यायाधिवक्ता  श्री लोकराज पराजुली, सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली, सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी, प्रहरी वरिष्ठ उपरीक्षक श्री दुर्गा सिंह र अधिवक्ता श्री आशिष अधिकारी रहनुभएको थियो । प्रशिक्षण कार्यक्रमको संयोजन सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल, उपन्यायाधिवक्ता श्री प्रकाश गौतम र सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले गर्नुभएको गियो ।

दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा राजपत्रांकित द्वितीय श्रेणीमा २७ जना सरकारी वकीलहरू र प्रहरी  निरीक्षक र प्रहरी  नायव निरीक्षक ३० जना गरी ५७ जनाको सहभागीता रहेको थियो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ।


सुझाव पेस गर्ने सम्बन्धी सुचना ।


प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति, २०८० सम्बन्धमा ।


फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण


कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नुपर्नै मापदण्ड तथा शर्तहरु, २०८०


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्र्तिमा मनोनयन गर्ने सम्वन्धमा


सेवा विस्तारको जानकारी सम्बन्धमा ।


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्त्तिमा मनोनयन गर्ने सम्बन्धमा


सरकारी वकीललाई छात्रवृत्तिमा स्नातकोत्तर अध्ययनको निम्ति Scholarship Profile सम्बन्धमा ।


पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन सम्बन्धमा ।


समाचार

नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।