सरकारी वकील र प्रहरी अनुसन्धान अधिकृतका लागि आयोजित बाल न्याय सम्बन्धी तीन दिवसीय प्रशिक्षण कार्यक्रम २०७७ चैत्र २६ गते सम्पन्न ।

samachar

2077-12-26

महान्यायाधिवक्ताको कार्यालय, नेपालको अभियोजन प्रशिक्षण केन्द्रद्वारा २०७७ चैत्र २४ गतेदेखि चैत्र २६ गतेसम्म महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा आयोजित बाल न्याय सम्बन्धी तीन दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।उक्त प्रशिक्षण कार्यक्रमको उद्घघाटन २०७७ चैत्र २४ गते माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूले गर्नुभएको थियो ।

माननीय महान्यायाधिवक्ताज्यूले उद्घघाटन समारोहलाई सम्बोधन गर्दै बालबालिका सम्बन्धी मुद्दाको गोपनियता कायम गर्दै अनुसन्धान र अभियोजनमा अपनाउनुपर्ने संवेदनशीलता अपनाई बालमैत्री वातावरण अपनाउन गर्नुपर्ने कार्यहरूका बारेमा सहभागीहरूको तालिमले क्षमतामा विकास गरी पदिय जिम्मेवारी वहन गर्न सघाउ पुर्याउने बताउनुभयो ।अनुसन्धान अधिकृत र सरकारी वकीलबीच मुद्दाको अपनत्व लिर्इ राम्रो ढंगले हुने समन्वय र सहकार्यले मात्र सरकारवादी मुद्दाको सहि तरिकाले अनुसन्धान र अभियोजन भई प्रभावकारी हुनेमा उहाँले जोड दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा साक्षी संरक्षण, बालबालिका संलग्न मुद्दाको अनुसन्धान प्रकृया, बालबालिका संलग्न मुद्दामा अभियोजन सम्बन्धी ब्यवस्था, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी कानुनी ब्यवस्था, अपराध पीडितको हक, बाल न्यायको अवधारणा तथा बालबालिका सम्बन्धी ऐन २०७५ मा भएका कानुनी ब्यवस्था र दिशान्तर लगायतका विषयहरूमा प्रस्तुती र छलफल गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमको स्रोत ब्यक्तिहरूमा नायव महान्यायाधिवक्ता श्री विश्वराज कोइराला, नायव महान्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई, सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल, सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी, सहन्यायाधिवक्ता  श्री लोकराज पराजुली, सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली, सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी, प्रहरी वरिष्ठ उपरीक्षक श्री दुर्गा सिंह र अधिवक्ता श्री आशिष अधिकारी रहनुभएको थियो । प्रशिक्षण कार्यक्रमको संयोजन सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल, उपन्यायाधिवक्ता श्री प्रकाश गौतम र सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले गर्नुभएको गियो ।

दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा राजपत्रांकित द्वितीय श्रेणीमा २७ जना सरकारी वकीलहरू र प्रहरी  निरीक्षक र प्रहरी  नायव निरीक्षक ३० जना गरी ५७ जनाको सहभागीता रहेको थियो ।  


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


मनोनयन सम्बन्धमा


सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।