2077-12-26
महान्यायाधिवक्ताको कार्यालय, नेपाल अभियोजन प्रशिक्षण केन्द्रद्वारा २०७७ चैत्र १७ गतेदेखि चैत्र २३ गतेसम्म महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा आयोजित राजपत्रांकित द्वितीय श्रेणीका नवनियुक्त सरकारी वकीलहरूको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।उक्त प्रशिक्षण कार्यक्रमको उद्घघाटन २०७७ चैत्र १७ गते माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूले गर्नुभएको थियो ।
माननीय महान्यायाधिवक्ताज्यूले उद्घघाटन समारोहलाई सम्बोधन गर्दै प्रशिक्षणले सहभागीहरूको ज्ञानमा वृद्घि र क्षमतामा विकास गरी पदिय जिम्मेवारी वहन गर्न सघाउ पुग्ने बताउदै सरकारी वकीलले कसूरदारले कसूर गरेको दर्जा अनुसार ठीक अभियोजन गर्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रमको समापन गर्दै महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूले प्रशिक्षण कार्यक्रममा गरिएको छलफल र सिकार्इबाट जानेका कुराहरू सरकारी वकीलको काममा प्रयोग गरी सुधार भएको देखिनुपर्नेमा जोड दिनुभयो ।सरकारी वकीलले सिकेको बुझेको कुरामा थप अध्ययन गरेमा प्रशिक्षण कार्यक्रमको सार्थकता हुनेतर्फ ध्यानकार्षण समेत गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा सरकारवादी मुद्दाको अनुसन्धान, प्रमाण संकलन, मुद्दा चलाउने नचलाउने निर्णय, अभियोग पत्र लेखन, अदालतको अधिकार क्षेत्र, रिट तथा प्रतिरक्षा सम्बन्धी जानकारी, अपराध पीडित र साक्षीको संरक्षण, पुनरावेदन र दोहोर्याई पाउँ निवेदन सम्बन्धी जानकारी लगायत सरकारी वकीलको कामसँग सम्बन्धित अभियोग पत्र लेखन, बहस नोट र सजाय निर्धारण प्रतिवेदन लेखन र बहस प्रस्तुतीका विषयमा सैद्घान्तिक ज्ञान र सीपसँगै प्रयोगात्मक लेखन र प्रस्तुती अभ्यास गराइएको थियो ।
प्रशिक्षण कार्यक्रमको स्रोत ब्यक्तिहरूमा नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेय, नायव महान्यायाधिवक्ता श्री विश्वराज कोइराला, नायव महान्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई, सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल, सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी, सहन्यायाधिवक्ता श्री लोकराज पराजुली, सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली, सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी, सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल, सहन्यायाधिवक्ता श्री उद्घवप्रसाद पुडासैनी, सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान, सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल, सहन्यायाधिवक्ता श्री ईश्वरीप्रसाद ढकाल, सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी र सहन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठक रहनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको संयोजन कार्यक्रम संयोजक उपन्यायाधिवक्ता श्री प्रकाश गौतम, सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले गर्नुभएको गियो ।
उक्त प्रशिक्षण कार्यक्रममा बढुवा, आन्तरिक र खुला प्रतिस्पर्धाबाट राजपत्रांकित द्वितीय श्रेणीमा पदोन्नती हुनभएका २७ जना सरकारी वकीलहरूको सहभागीता रहेको थियो ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
मिति २०८२/०५/१८ गतेको परिपत्र सम्बन्धमा ।
सम्मेलनमा सहभागीहरूले पालना गर्नुपर्ने नियमहरू ।
महिला सरकारी वकीलरुको सम्मेलन सम्बन्धमा ।
सेवा प्रवेश तालिम संचालन सम्बन्धमा ।
महिला सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन - मनोनयन सम्बन्धमा ।
सूचना प्रचार प्रसार सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२/०५/०८ गतेको निर्णयानुसार भएको काज सरूवा ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को कार्यान्वयन तथा अनुसन्धान अभियोजन सम्बन्धमा ।.PDF
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।