2077-12-26
महान्यायाधिवक्ताको कार्यालय, नेपाल अभियोजन प्रशिक्षण केन्द्रद्वारा २०७७ चैत्र १७ गतेदेखि चैत्र २३ गतेसम्म महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा आयोजित राजपत्रांकित द्वितीय श्रेणीका नवनियुक्त सरकारी वकीलहरूको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।उक्त प्रशिक्षण कार्यक्रमको उद्घघाटन २०७७ चैत्र १७ गते माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूले गर्नुभएको थियो ।
माननीय महान्यायाधिवक्ताज्यूले उद्घघाटन समारोहलाई सम्बोधन गर्दै प्रशिक्षणले सहभागीहरूको ज्ञानमा वृद्घि र क्षमतामा विकास गरी पदिय जिम्मेवारी वहन गर्न सघाउ पुग्ने बताउदै सरकारी वकीलले कसूरदारले कसूर गरेको दर्जा अनुसार ठीक अभियोजन गर्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रमको समापन गर्दै महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूले प्रशिक्षण कार्यक्रममा गरिएको छलफल र सिकार्इबाट जानेका कुराहरू सरकारी वकीलको काममा प्रयोग गरी सुधार भएको देखिनुपर्नेमा जोड दिनुभयो ।सरकारी वकीलले सिकेको बुझेको कुरामा थप अध्ययन गरेमा प्रशिक्षण कार्यक्रमको सार्थकता हुनेतर्फ ध्यानकार्षण समेत गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा सरकारवादी मुद्दाको अनुसन्धान, प्रमाण संकलन, मुद्दा चलाउने नचलाउने निर्णय, अभियोग पत्र लेखन, अदालतको अधिकार क्षेत्र, रिट तथा प्रतिरक्षा सम्बन्धी जानकारी, अपराध पीडित र साक्षीको संरक्षण, पुनरावेदन र दोहोर्याई पाउँ निवेदन सम्बन्धी जानकारी लगायत सरकारी वकीलको कामसँग सम्बन्धित अभियोग पत्र लेखन, बहस नोट र सजाय निर्धारण प्रतिवेदन लेखन र बहस प्रस्तुतीका विषयमा सैद्घान्तिक ज्ञान र सीपसँगै प्रयोगात्मक लेखन र प्रस्तुती अभ्यास गराइएको थियो ।
प्रशिक्षण कार्यक्रमको स्रोत ब्यक्तिहरूमा नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेय, नायव महान्यायाधिवक्ता श्री विश्वराज कोइराला, नायव महान्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई, सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल, सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी, सहन्यायाधिवक्ता श्री लोकराज पराजुली, सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली, सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी, सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल, सहन्यायाधिवक्ता श्री उद्घवप्रसाद पुडासैनी, सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान, सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल, सहन्यायाधिवक्ता श्री ईश्वरीप्रसाद ढकाल, सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी र सहन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठक रहनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको संयोजन कार्यक्रम संयोजक उपन्यायाधिवक्ता श्री प्रकाश गौतम, सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले गर्नुभएको गियो ।
उक्त प्रशिक्षण कार्यक्रममा बढुवा, आन्तरिक र खुला प्रतिस्पर्धाबाट राजपत्रांकित द्वितीय श्रेणीमा पदोन्नती हुनभएका २७ जना सरकारी वकीलहरूको सहभागीता रहेको थियो ।
वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।
अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।
नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।