माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूबाट पदबहाली

samachar

2077-12-8


नवनियुक्त महान्यायाधिवक्ता माननीय श्री रमेश बडालज्यूले आज मिति २०७७ साल चैत्र ८ गते महान्यायाधिवक्ताको कार्यालयमा पदबहाली गर्नुभयो । यस अघि राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमसेर ज.ब.रा.ले नवनियुक्त महान्यायाधिवक्ता माननीय श्री रमेश बडालज्यूलाई सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा पद तथा गोपनियताको शपथ गराउनु भएको थियो । 
महान्यायाधिवक्ताको कार्यालयमा नवनियुक्त महान्यायाधिवक्ता माननीय श्री रमेश बडाललाई नायव महान्यायाधिवक्ताहरु तथा अन्य सरकारी वकीलहरु र कर्मचारीहरुले स्वागत गर्नुभयो । कार्यालयमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त महान्यायाधिवक्ता माननीय श्री रमेश बडालज्यूले आकस्मिक रुपमा यो जिम्मेवारीमा आएको र कतै भर्याङ बनाउन यो पदमा नआएको बताउनु भयो । उँहाले अभियोजन र सरकारी मुद्दाको प्रतिरक्षा कार्यको जिम्मेवारीमा रहँदा संविधान र कानूनको पालना गर्दै इमान्दारी र निष्ठापूर्बक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारी वकीलको व्यावसायिकता विकास, संस्थागत सुदृढीकरण र प्रतिनिधित्वलाई प्रभावकारी बनाउने कुरामा समेत जोड दिनुभयो । अपराध अनुसन्धान र अभियोजनमा अबान्छित हस्तक्षेप हुन नदिने, सरोकारवालासँग समन्वय विस्तार गर्ने र महान्यायाधिवक्ताको कार्यालयको तेश्रो पन्चबर्षिय रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गरिने बताउनु भयो । उँहाले कार्यसम्पादनमा सबैको सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।
समारोहमा निवर्तमान महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेललाई महान्यायाधिवक्ताको कार्यालय तथा सरकारी वकील समाजका तर्फबाट बिदाई गरिएको थियो । यसैगरी सोही समारोहमा उच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएका नायव महान्यायाधिवक्ता श्री नारायण प्रसाद पौडेललाई पनि बिदाई तथा नँया जिम्मेबारीका लागि शुभकामना व्यक्त गरियो । कार्यक्रममा सरकारी वकील समाजका सचिव सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मीले सरकारी वकील समाजका तर्फबाट र बरिष्टतम नायव महान्यायाधिवक्ता श्री पद्यप्रसाद पाण्डेले कार्यालयका तर्फबाट नवनियुक्त महान्यायाधिवक्तालाई स्वागत गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा निवर्तमान महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेल तथा उच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएका नायव महान्यायाधिवक्ता श्री नारायण प्रसाद पौडेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले गर्नु भएको थियो । 
 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१ ।


कार्यालय भवन सरेको बारे।


वैदशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


वैदशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


विशेष आर्थिक सुविधा जानकारी सम्बन्धमा ।


China/MOFCOM Scholarship मा मनोनयन गर्ने सम्बन्धमा ।


सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ।


सुझाव पेस गर्ने सम्बन्धी सुचना ।


प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति, २०८० सम्बन्धमा ।


फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण


समाचार

नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।