महान्यायाधिवक्ताको आ.व.०७६।०७७ को बार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

samachar

2077-11-28

नेपालको संविधानको धारा १५९ को उपधारा (१) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०७६/०७७ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन माननीय महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आज मिति २०७७ फाल्गुन २८ सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रस्तुत गर्नुभयो । वार्षिक  प्रतिवेदनमा महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरुबाट आर्थिक वर्ष २०७६/०७७ मा सम्पादन भएका कामकारवाहीको विस्तृत विवरण, स्रोत साधनको अवस्था, भौतिक स्थिति, कार्यरत जनशक्तिको विवरण सहित आर्थिक वर्ष २०७६/०७७ मा गरिएका महत्वपूर्ण कार्यहरु समेतलाई समेटिएको छ । साथै महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकील कार्यालयहरुको कार्यसम्पादनको क्रममा देखिएका प्रमुख समस्या तथा चुनौतीहरु र समस्या समाधान गर्न सुझावहरु समेत समेटिएको छ । 


प्रतिवेदनमा उल्लिखित सुझावहरूको सम्बोधनबाट सरकार वादी भई चल्ने मुद्दाको अनुसन्धान, अभियोजन र बहस पैरवीमा तथा सरकारको सरोकारका अन्य मुद्दाहरुको प्रतिरक्षामा सहजता आउने र सोबाट फौजदारी न्याय प्रशासन प्रभावकारी हुनुको साथै न्याय प्रशासन र राज्यका निकायहरूप्रति जनताको आस्था र विश्वासमा वृद्धि हुने अपेक्षा राखिएको छ । सरकारी वकीलको भूमिकालाई यथोचित महत्व प्रदान गरी प्रतिवेदनमा औल्याइएका सुझावहरूको सम्बोधन भएमा सरकारी वकीलहरुको पेशागत दक्षता बढ्न गई संविधान र कानूनले सुम्पेको महत्वपूर्ण जिम्मेवारी सक्षम र सबल रुपमा सम्पन्न गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ । फौजदारी न्याय प्रशासनका लागि प्रभावकारी अभियोजन प्रणाली संस्थागत गर्न र सरकारी पक्षको प्रभावकारी प्रतिरक्षा लगायतका मूल्य मान्यतामा महान्यायाधिवक्ताको कार्यालय प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ । 
 
 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१ ।


कार्यालय भवन सरेको बारे।


वैदशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


वैदशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


विशेष आर्थिक सुविधा जानकारी सम्बन्धमा ।


China/MOFCOM Scholarship मा मनोनयन गर्ने सम्बन्धमा ।


सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ।


सुझाव पेस गर्ने सम्बन्धी सुचना ।


प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति, २०८० सम्बन्धमा ।


फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण


समाचार

नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।