2077-11-12
सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम श्री अग्नि प्रसाद खरेल महान्यायाधिवक्ताको पदमा नियुक्त भई मिति २०७४।११।८ गतेदेखि कार्य प्रारम्भ गर्नु भएको तीन वर्ष पूराभएको अवसरमा आज मिति २०७७ फागुन ९ गते दिउँसो महान्यायाधिवक्ताको कार्यालयको गौतम बुद्ध सभाहलमा तीन वर्षको कार्यकालको समीक्षा, भावी कार्यक्रमको घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा सर्वोच्च अदालतका माननीय न्यायाधीश तथा पूर्व महान्यायाधिवक्ता श्री हरि फूयालज्यू, न्याय परिषदका माननीय सदस्य तथा पूर्व महान्यायाधिवक्ता श्री लक्ष्मीबहादुर निरालाज्यू, सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश एवम् पूर्व महान्यायाधिवक्ता श्री पवन कुमार ओझाज्यू, पूर्व महान्यायाधिवक्ताज्यूहरु श्री सुशील पन्त, श्री महादेव यादव, श्री वसन्तराम भण्डारी, श्री मुक्ती प्रधान, उच्च अदालत पाटनका मुख्य न्यायाधीश तथा पूर्व नायब महान्यायाधिवक्ता श्री कुमार चुडालज्यू, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री लाल बहादुर कुँवरज्यू, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवालीज्यू, बेपत्ता पारीएका व्यक्तिको छानविन आयोगका अध्यक्ष तथा पूर्व नायब महान्यायाधिवक्ता श्री युवराज सुवेदीज्यू, नेपाल न्याय सेवाका सचिवज्यूहरु, नायब महान्यायाधिवक्ताज्यूहरु, नेपाल बार एशोसियसनका अध्यक्ष श्री चण्डेश्वर श्रेष्ठज्यू, सर्वोच्च अदालत बार एशोशियसनका अध्यक्ष श्री पूर्णमान शाक्यज्यू, पूर्व नायब महान्यायाधिवक्ताज्यूहरु श्री टिका बहादुर हमाल, श्री नरेन्द्र कुमार पाठक, श्री चेतनाथ घिमिरे, श्री सुर्य प्रसाद कोइराला, श्री नन्द बहादुर सुवेदी, श्री बद्री प्रसाद गौतम, श्री दुर्गाबन्धु पोखरेल, श्री गणेशबाबु अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक श्री विश्वराज पोखरेलज्यू, कर्मचारी सञ्चय कोषका प्रशासक श्री तुलसी गौतमज्यू सहन्यायाधिवक्ताज्यूहरु राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशकज्यू UNDP/A2J का पदाधिकारीज्यू, सरकारी वकीलज्यूहरु एवम् कर्मचारीहरु गरी १७५ जनाजतिको सहभागिता रहेको थियो ।
सो अवसरमा माननीय महान्यायाधिवक्ताज्यूबाट Attorney General Mirror, अभियोजन नीति तथा मार्गदर्शन, २०७७ र मौलिक हक कार्यान्वयनको क्रममा सर्वोच्च अदालतबाट भएका व्याख्या र प्रतिपादन भएका सिद्धान्त एवम् आदेशहरुको कार्यान्वयनको अवस्था, २०७७ विमोचन गरिएको थियो ।विमोचन पश्चात पुस्तकहरुका सम्बन्धमा सहन्यायाधिवक्ता श्री लोकराज पराजुली र सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मीले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा माननीय महान्यायाधिवक्ताज्यूको पदबहाली भएपश्चात सम्पन्न भएका काम र हासिल भएका उपलब्धिहरुको बारेमा वरिष्ठतम् नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्यूले संक्षिप्त प्रस्तुती राख्नुभएको थियो भने नेपाल बार एशोशिएसनका अध्यक्ष श्री चण्डेश्वर श्रेष्ठज्यू र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री लाल बहादुर कुँवरज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले भावी कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा माननीय महान्यायाधिवक्ताज्यूले महान्यायाधिवक्ताको कार्यालयको पुनर्निर्माणमा सहयोग पुर्याउनुहुने महानुभावहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
मिति २०८२।०५।२० गतेको परिपत्र सम्बन्धमा ।
मिति २०८२/०५/१८ गतेको परिपत्र सम्बन्धमा ।
सम्मेलनमा सहभागीहरूले पालना गर्नुपर्ने नियमहरू ।
महिला सरकारी वकीलरुको सम्मेलन सम्बन्धमा ।
सेवा प्रवेश तालिम संचालन सम्बन्धमा ।
महिला सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन - मनोनयन सम्बन्धमा ।
सूचना प्रचार प्रसार सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२/०५/०८ गतेको निर्णयानुसार भएको काज सरूवा ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को कार्यान्वयन तथा अनुसन्धान अभियोजन सम्बन्धमा ।.PDF
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।