महान्यायाधिवक्ताज्यूबाट जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास तथा जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुम र वैतडीको नवनिर्मित भवनको २०७७ माघ १४ गते समुद्घाटन ।

samachar

2077-10-14

माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइन मार्फत २०७७ माघ १४ गते बुधबार जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास तथा जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुम र जिल्ला सरकारी वकील कार्यालय, वैतडीको नवनिर्मित भवनको शिलालेखको अनावरण गरी समुद्घाटन गर्नुभएको छ ।

माननीय महान्यायाधिवक्ताज्यूले भवनको शिलान्यास तथा नवनिर्मित भवन समुद्घाटन समारोहलार्इ सम्बोधन गर्दै  सरकारी वकील कार्यालयहरूलार्इ भौतिक साधन स्रोत सम्पन्न बनाएर उपयुक्त कार्य वातावरण बनाउन महान्यायाधिवक्ताको कार्यालय क्रियाशील भएको बताउनुभयो ।

 

उहाँले सरकारी वकीलहरूले बौद्घिक विकास र व्यfवसायिक विकाससँगै निष्ठापूर्वक वस्तुनिष्ठ  प्रमाणको मूल्यांकन गरेर अभियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

महान्यायाधिवक्ताज्यूले भन्नुभयो, ×सरकारी वकील कार्यालय पीडितको कार्यालय भएकाले पीडितमैत्री वातावरण सरकारी वकील कार्यालयमा हुनुपर्छ ।"

अपराध हुनुभन्दा अगाडि अपराधको सचेतना सम्बन्धी जानकारी मानिसहरूलाई हुन सकेमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने भएकाले प्रहरी र सरकारी वकीलले समुदाय स्तरमा सचेतना गराउने कार्यक्रमहरू संयुक्त सहकार्यमा आयोजना गर्नुपर्ने महान्यायाधिवक्ताज्यूको भनाई रहेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूले सरकारी वकील कार्यालयको नयाँ भवन निर्माणसँगै संस्थागत सुदृढीकरणमा मद्दत पुगेको बताउनुका साथै सरकारी वकीलहरूको कार्यसम्पादनमा समेत व्यावसायिकता, सिर्जनात्मकता र नयाँपन वृद्घि गर्नुपर्ने बताउनुभयो ।  

कार्यक्रममा वैतडीका प्रमुख जिल्ला अधिकारी श्री मोहनराज जोशीज्यू र तेह्रथुम जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री महेन्द्रप्रसाद पोखरेलज्यूले शुभकामना मन्तब्य  व्यक्त गर्दै नयाँ भवनहरूको निर्माणले सरकारी वकील कार्यालयहरूबाट दिइने सेवा प्रभावकारी र गुणस्तरीय रूपमा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।

नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाज्यूले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

उच्च सरकारी वकील कार्यालय, दिपायलका निमित्त सहन्यायाधिवक्ता श्री टेकबहादुर थापाले नयाँ निर्माण हुन लागेको जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवनको शिलान्यास कार्यक्रमको शिलान्यास स्थलमा सहजीकरण गर्नुभएको थियो ।

जिल्ला सरकारी वकील कार्यालय तेह्रथुमका सहायक जिल्ला न्यायाधिवक्ता श्री दिपक बस्याल र र जिल्ला सरकारी वकील कार्यालय वैतडीका जिल्ला न्यायाधिवक्ता श्री भानदेव जोशीले नवनिर्मित कार्यालयको भवन सम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता    श्री प्रकाश गौतमले गर्नुभएको थियो ।

माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले कार्यकालमा महान्यायाधिवक्ताको कार्यालय सहित ३५ वटा सरकारी वकील कार्यालयका नयाँ भवनहरु उद्घाटन भैसकेका छन् । ६ वटा सरकारी वकील कार्यालयका भवनहरु यस आ.व. मा सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सुझाव पेस गर्ने सम्बन्धी सुचना ।


प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति, २०८० सम्बन्धमा ।


फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण


कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नुपर्नै मापदण्ड तथा शर्तहरु, २०८०


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्र्तिमा मनोनयन गर्ने सम्वन्धमा


सेवा विस्तारको जानकारी सम्बन्धमा ।


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्त्तिमा मनोनयन गर्ने सम्बन्धमा


सरकारी वकीललाई छात्रवृत्तिमा स्नातकोत्तर अध्ययनको निम्ति Scholarship Profile सम्बन्धमा ।


पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन सम्बन्धमा ।


Australia Awards Scholarship अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा ।


समाचार

नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।