2077-10-14
माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइन मार्फत २०७७ माघ १४ गते बुधबार जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास तथा जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुम र जिल्ला सरकारी वकील कार्यालय, वैतडीको नवनिर्मित भवनको शिलालेखको अनावरण गरी समुद्घाटन गर्नुभएको छ ।
माननीय महान्यायाधिवक्ताज्यूले भवनको शिलान्यास तथा नवनिर्मित भवन समुद्घाटन समारोहलार्इ सम्बोधन गर्दै सरकारी वकील कार्यालयहरूलार्इ भौतिक साधन स्रोत सम्पन्न बनाएर उपयुक्त कार्य वातावरण बनाउन महान्यायाधिवक्ताको कार्यालय क्रियाशील भएको बताउनुभयो ।
उहाँले सरकारी वकीलहरूले बौद्घिक विकास र व्यfवसायिक विकाससँगै निष्ठापूर्वक वस्तुनिष्ठ प्रमाणको मूल्यांकन गरेर अभियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
महान्यायाधिवक्ताज्यूले भन्नुभयो, ×सरकारी वकील कार्यालय पीडितको कार्यालय भएकाले पीडितमैत्री वातावरण सरकारी वकील कार्यालयमा हुनुपर्छ ।"
अपराध हुनुभन्दा अगाडि अपराधको सचेतना सम्बन्धी जानकारी मानिसहरूलाई हुन सकेमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने भएकाले प्रहरी र सरकारी वकीलले समुदाय स्तरमा सचेतना गराउने कार्यक्रमहरू संयुक्त सहकार्यमा आयोजना गर्नुपर्ने महान्यायाधिवक्ताज्यूको भनाई रहेको थियो ।
महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूले सरकारी वकील कार्यालयको नयाँ भवन निर्माणसँगै संस्थागत सुदृढीकरणमा मद्दत पुगेको बताउनुका साथै सरकारी वकीलहरूको कार्यसम्पादनमा समेत व्यावसायिकता, सिर्जनात्मकता र नयाँपन वृद्घि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वैतडीका प्रमुख जिल्ला अधिकारी श्री मोहनराज जोशीज्यू र तेह्रथुम जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री महेन्द्रप्रसाद पोखरेलज्यूले शुभकामना मन्तब्य व्यक्त गर्दै नयाँ भवनहरूको निर्माणले सरकारी वकील कार्यालयहरूबाट दिइने सेवा प्रभावकारी र गुणस्तरीय रूपमा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।
नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाज्यूले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
उच्च सरकारी वकील कार्यालय, दिपायलका निमित्त सहन्यायाधिवक्ता श्री टेकबहादुर थापाले नयाँ निर्माण हुन लागेको जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवनको शिलान्यास कार्यक्रमको शिलान्यास स्थलमा सहजीकरण गर्नुभएको थियो ।
जिल्ला सरकारी वकील कार्यालय तेह्रथुमका सहायक जिल्ला न्यायाधिवक्ता श्री दिपक बस्याल र र जिल्ला सरकारी वकील कार्यालय वैतडीका जिल्ला न्यायाधिवक्ता श्री भानदेव जोशीले नवनिर्मित कार्यालयको भवन सम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्री प्रकाश गौतमले गर्नुभएको थियो ।
माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले कार्यकालमा महान्यायाधिवक्ताको कार्यालय सहित ३५ वटा सरकारी वकील कार्यालयका नयाँ भवनहरु उद्घाटन भैसकेका छन् । ६ वटा सरकारी वकील कार्यालयका भवनहरु यस आ.व. मा सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।
अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।
नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।