2077-9-26
महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कारागार कार्यालय, झापालाई २०७७ पुस २३ गते कैदीबन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गरिएको छ ।
कारागार कार्यालय, झापाको परिसरमा आयोजित कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाज्यूले कारागार कार्यालय, झापाका प्रमुख श्री राजेन्द्र गौतमज्यूलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।
नेपालको संविधान, ऐन, नियमका संग्रह लगायतका साहित्य, इतिहास सहित अन्य पठनीय सामाग्रीहरू कैदी बन्दीलाई अध्ययन गर्नका लागि हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाज्यूले महान्यायाधिवक्ताको कार्यालयले संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा आठ वटा कारागारहरूका लागि पुस्तक खरिद गरी हस्तान्तरण गर्ने कार्यको थालनी गरेको जानकारी दिंदै कारागारमा पुस्तकालयको विकासले कैदीवन्दीहरूलाई अध्ययन गर्न प्रेरित गरी सकारात्मक उर्जा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ×सजाय सम्वन्धि नयाँ र सुधारात्मक व्यवस्थाको कार्यान्वयन तथा कारागारको अनुगमन र सुधारमा महान्यायाधिवक्ताको कार्यालयले कारागार अनुगमन गरी सम्बन्धित निकायलाई निर्देशन, सुझाव र प्रतिवदेन दिने गरेको छ ।"
जिल्ला सरकारी वकील कार्यालय, झापाका जिल्ला न्यायाधिवक्ता श्री पदमप्रसाद वस्तीज्यूले कारागार सुधारमा सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै कारागारको सुधार र समाजमा कैदीवन्दीहरूको पुर्नस्थापना गर्न सबै सरोकारवालाहरूले सामूहिक रूपमा कार्य गर्नुपर्ने बताउनुभयो ।
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री श्रवण कुमार तिमिल्सिनाज्यू र जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी उपरीक्षक श्री कृष्ण कोइरालाज्यूले हस्तान्तरण गरिएको पुस्तकको अध्ययनले कैदीवन्दीको ज्ञानको दायरा बढाउन मद्दत गर्नुका साथै सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक श्री रमेश पाण्डेज्यू र अनुसन्धान उपनिर्देशक श्री तिलक प्रसाईज्यूको पनि उपस्थिति रहेको थियो ।
जिल्ला सरकारी वकील कार्यालय, झापाका जिल्ला न्यायाधिवक्ता श्री पदमप्रसाद वस्तीज्यूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता श्री प्रभात क्षेत्रीले गर्नुभएको थियो ।
वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।
अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।
नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।