2077-9-23
माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयमा २०७७ पुस २३ गते आयोजित एक कार्यक्रम बीच काठमाडौं उपत्यकास्थित तीन वटा कारागार कार्यालयका प्रमुखहरूलाई कैदवन्दीलाई अध्ययन गर्ने प्रयोजनका लागि पुस्तक हस्तान्तरण गर्नुभएको छ ।
कारागार कार्यालय, डिल्लीबजार, काठमाडौं, कारागार कार्यालय, नख्खु, ललितपुर र कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंलार्इ ती कारागारमा रहेका कैदीवन्दीलार्इ अध्ययन गर्ने वातावरण सिर्जना गर्न पुस्तकालय प्रयोजनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट पुस्तक प्रदान गरिएको हो ।
माननीय महान्यायाधिवक्ताज्यूले कारागार कार्यालय, डिल्लीबजारका जेलर श्री गणेश आचार्यज्यू, कारागार कार्यालय, नख्खुका जेलर श्री मोहन अधिकारीज्यू र कारागार कार्यालय, जगन्नाथदेवलका जेलर श्री लक्ष्मीप्रसाद बाँस्कोटाज्यूलाई कैदी बन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।
माननीय महान्ययाधिवक्ताज्यूले कारागारमा रहेका कैदीवन्दीको मानव अधिकारको संरक्षण, कैदीवन्दीको मानवोचित व्यवहारको अवस्था र कारागारहरूको भौतिक सुधारका लागि महान्यायाधिवक्ताको कार्यालयबाट कारागार कार्यालयहरूको अनुगमन गरी सम्बन्धित निकायलार्इ निर्देशन दिने गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ×कारागारमा कैदीलाई कानून बमोजिम दण्डित गरेर समाजमा पुर्नस्थापना हुन रूपान्तरण गर्न राखिने भएकाले कैदीवन्दीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्दा सकारात्मक प्रभाव पर्छ ।"
माननीय महान्यायाधिवक्ताज्यूले कारागारमा रहेका कैदीवन्दीलाई सुध्रिने वातावरण तयार गर्न राज्यका सबै निकायहरू मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक श्री द्रोण पोखरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त पुस्तकहरूले कारागारमा रहेका कैदीवन्दीहरूलार्इ अध्ययन गर्ने वातावरण सिर्जना गरी कैदीवन्दीमा सकारात्मक परिवर्तन ल्याउनमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले महान्यायाधिवक्ताज्यू र मातहत सरकारी वकीलज्यूहरूबाट कारागार निरीक्षण गरी प्राप्त हुने प्रतिवेदनहरूमा उल्लेख भएका सुझावहरूको कार्यान्वयन कारागार कार्यालयहरूबाट साधन स्रोतको अधिकतम उपयोग गरी कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।
महान्यायाधिवक्ताको कार्यालयले संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा आठ वटा कारागारहरूका लागि नेपालको संविधान, ऐन नियमका पुस्तकहरू लगायत अन्य पठनीय सामाग्रीहरू खरिद गरी हस्तान्तरण गर्न लागेको हो ।
उक्त पुस्तक हस्तान्तरण कार्यक्रमको सञ्चालन सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले गर्नुभएको थियो ।
मनोनयन सम्बन्धमा ।
मिति २०८२।०९।०१ गतेको निर्णयानुसार काज सरूवा सम्बन्धमा ।
सरुवा सम्बन्धमा ।
वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा ।
मिति २०८२/०७/२६ गतेको निर्णयानुसार रा.प.अंनकित कर्मचारीहरूको सरूवा सम्बन्धमा ।
Cyber Security Advisory सम्बन्धमा ।
मिति २०८२।०७।१७ गतेको काज सरूवा सम्बन्धमा ।
मिति २०८२।०६।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
वैदशिक अध्ययन/तालिम छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।