महान्यायाधिवक्ताज्यूबाट जिल्ला सरकारी वकील कार्यालय, बारा र जिल्ला सरकारी वकील कार्यालय, बाजुराको २०७७ पुष २२ गते भवन समुदघाट्न ।

samachar

2077-9-22

माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइन मार्फत २०७७ पुस २२ गते जिल्ला सरकारी वकील कार्यालय बारा र जिल्ला सरकारी वकील कार्यालय, बाजुराको नवनिर्मित भवनको शिलालेखको अनावरण गरी समुदघाट्न गर्नुभएको छ ।

माननीय महान्ययाधिवक्ताज्यूले नवनिर्मित भवन समुदघाट्न समारोह कार्यक्रमलाई सम्बोधन गर्दै  सरकारी वकीलले निष्ठापूर्वक वस्तुनिष्ठ रूपमा प्रमाणको मूल्यांकन गरेर अभियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ×सरकारी वकील कार्यालयको भवन निर्माणको भौतिक पूर्वाधार कार्यहरू द्रुत गतिमा भएकाले अब सरकारी वकीलको व्यवसायिकताका लागि सरकारी वकीलको कानून निर्माणमा सबै सरकारी वकील क्रियाशील हुनुपर्छ ।"

महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूले  महान्यायाधिवक्ताको कार्यालयको पञ्चवर्षीय रणनीतिक योजनाले निर्दिष्ट गरेअनुसार सरकारी वकील कार्यालयको संस्थागत सुद्घिढिकरण र सरकारी वकीलको व्यवसायिकता विकास अभिवृद्घि गर्ने कार्यबाट निष्पक्ष न्याय सम्पादनमा सघाउ पुर्याउने बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य बाजुराका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण गैरे र बारा जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री खिलनाथ रेग्मीज्यूले व्यक्त गर्नुभएको थियो ।

उच्च सरकारी वकील कार्यालय, बिरगञ्जका सहन्यायाधिवक्ता श्री कृष्णमोहन कोइरालाज्यूले कार्यक्रममा स्वागत मन्तब्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश गर्नुभएको थियो ।

जिल्ला सरकारी वकील कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता श्री महेन्द्रबहादुर थापा र जिल्ला सरकारी वकील कार्यालय बाजुराका सहायक जिल्ला न्यायाधिवक्ता श्री श्रीधर अर्यालले नवनिर्मित कार्यालयको भवन सम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले गर्नुभएको थियो ।

जिल्ला सरकारी वकील कार्यालय, बाजुराको नवनिर्मित भवन

जिल्ला सरकारी वकील कार्यालय, बाराको नवनिर्मित भवन


संलग्न जोडिएका विवरणहरु

डाउनलोड गर्नुहोस्...... download
सूचना

वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।


अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।


Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।