2077-9-22
माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइन मार्फत २०७७ पुस २२ गते जिल्ला सरकारी वकील कार्यालय बारा र जिल्ला सरकारी वकील कार्यालय, बाजुराको नवनिर्मित भवनको शिलालेखको अनावरण गरी समुदघाट्न गर्नुभएको छ ।
माननीय महान्ययाधिवक्ताज्यूले नवनिर्मित भवन समुदघाट्न समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सरकारी वकीलले निष्ठापूर्वक वस्तुनिष्ठ रूपमा प्रमाणको मूल्यांकन गरेर अभियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ×सरकारी वकील कार्यालयको भवन निर्माणको भौतिक पूर्वाधार कार्यहरू द्रुत गतिमा भएकाले अब सरकारी वकीलको व्यवसायिकताका लागि सरकारी वकीलको कानून निर्माणमा सबै सरकारी वकील क्रियाशील हुनुपर्छ ।"
महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूले महान्यायाधिवक्ताको कार्यालयको पञ्चवर्षीय रणनीतिक योजनाले निर्दिष्ट गरेअनुसार सरकारी वकील कार्यालयको संस्थागत सुद्घिढिकरण र सरकारी वकीलको व्यवसायिकता विकास अभिवृद्घि गर्ने कार्यबाट निष्पक्ष न्याय सम्पादनमा सघाउ पुर्याउने बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तब्य बाजुराका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण गैरे र बारा जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री खिलनाथ रेग्मीज्यूले व्यक्त गर्नुभएको थियो ।
उच्च सरकारी वकील कार्यालय, बिरगञ्जका सहन्यायाधिवक्ता श्री कृष्णमोहन कोइरालाज्यूले कार्यक्रममा स्वागत मन्तब्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश गर्नुभएको थियो ।
जिल्ला सरकारी वकील कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता श्री महेन्द्रबहादुर थापा र जिल्ला सरकारी वकील कार्यालय बाजुराका सहायक जिल्ला न्यायाधिवक्ता श्री श्रीधर अर्यालले नवनिर्मित कार्यालयको भवन सम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयज्यूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले गर्नुभएको थियो ।
जिल्ला सरकारी वकील कार्यालय, बाजुराको नवनिर्मित भवन
जिल्ला सरकारी वकील कार्यालय, बाराको नवनिर्मित भवन
तेस्रो पञ्चवर्षिय रणनितिक योजना -महान्याधिवक्ताको कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३
तेस्रो पञ्चवर्षिय रणनितिक योजना -विशेष सरकारी वकिल कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३
तेस्रो पञ्चवर्षिय रणनितिक योजना -उच्च सरकारी वकिल कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा।
मिति २०८२।०२।०८ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन नं ४१ को संशोधन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको परिपत्र सम्बन्धमा ।
लेख रचना उपलब्ध गराउने सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।