2077-7-21
मिति २०७७ साल कार्तिक २१ गते शुक्रवार नायब महान्यायाधिवक्ता श्रीमान् विश्वराज कोइरालाज्यूले कर तथा राजस्व सम्वन्धि आधारभुत प्रशिक्षण कार्यक्रमको समापन गर्नुभएको छ । समापन कार्यक्रममा बोल्दै नायब महान्यायाधिवक्ता श्रीमान् विश्वराज कोइरालाज्यूले यस प्रशिक्षण कार्यक्रमले सरकारी वकीलहरुको कर तथा राजस्व सम्बन्धित विषयहरुमा थप क्षमता अभिबृद्धि भएको र आगामी दिनमा यस प्रकारका मुद्दाका सम्बन्धमा निर्णय गर्दा एवम् नेपाल सरकारको प्रतिरक्षा गर्दा प्रशिक्षणका क्रममा सिकेका कुराहरुलाई मनन गर्न आग्रह गर्नुभएको थियो। उहाँले कर तथा राजस्व विषयमा अन्य सरोकारवालाहरुसँग पनि नीतिगत रुपमा छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले चालु आ.व. २०७७/७८ लाई अभियोजन सुधार बर्षको रुपमा मनाउने घोषणा गरे सँगै नेपाल सरकार वादी भई चल्ने मुद्दाहरुमा थप सफलता प्राप्त गर्ने उद्देश्य अनुरुप मिति २०७७ साल कार्तिक १६ गतेदेखि २१ गतेसम्म कर तथा राजस्वका मुद्दाका सम्बन्धमा सैद्धान्तिक र व्यवहारिक बिषयमा सत्र सञ्चालन गरिएको थियो ।सो प्रशिक्षण कार्यक्रममा उच्च सरकारी वकील कार्यालयहरु, विशेष सरकारी वकील कार्यालय, काठमाडौं तथा जिल्ला सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ताहरु, उपन्यायाधिवक्ताहरु तथा सहायक न्यायाधिवक्ताहरु गरी ५३ जनाको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा कर तथा राजस्व सम्बन्धमा आइपरेका विभिन्न समस्याहरुका सन्दर्भमा छलफल गरिएको थियो ।यस कार्यक्रमका संयोजक उपन्यायाधिवक्ता श्री हरि शंकर ज्ञवाली तथा सह-संयोजक श्री प्रभात क्षेत्री हुनुहुन्थ्यो।
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
मनोनयन सम्बन्धमा
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।