2077-5-17
महान्यायाधिवक्ताको कार्यालयले चालु आ.व. २०७७/७८ लाई अभियोजन सुधार बर्षको रुपमा मनाउने घोषणा गरे सँगै नेपाल सरकार वादी भई चल्ने मुद्दाहरुमा थप सफलता प्राप्त गर्ने उद्देश्य अनुरुप अभियोजन तथा पुनरावेदन / निवेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
उच्च सरकारी वकील कार्यालय जुम्लाको आयोजनामा प्रदेश नं. ६ र प्रदेश नं. ७ का सरकारी वकीलहरुलाई लक्षित गरी अभियोजन तथा पुनरावेदन / निवेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०७७ भाद्र १० गते देखि २०७७ भाद्र १२ गते सम्म सञ्चालन भयो । जुम सफ्टवेयर मार्फत सञ्चालन भएको उक्त तलिम कार्यक्रमको समुद्घाटन बरिष्टतम नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्यूले गर्नु भएको थियो भने समापन उच्च सरकारी वकील कार्यालय महेन्द्रनगरका प्रमुख सहन्यायाधिवक्ता श्री चिरञ्जिवि पराजुलीले गर्नु भएको थियो । तलिममा ३४ जना सरकारी वकीलहरुको सहभागिता रहेको थियो ।
त्यसै गरी उच्च सरकारी वकील कार्यालय पाटनको आयोजनामा वागमती प्रदेशका सरकारी वकीलहरुलाई लक्षित गरी अभियोजन तथा पुनरावेदन / निवेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०७७ भाद्र १७ गते देखि शुरु भयो । जुम सफ्टवेयर मार्फत सञ्चालन भएको उक्त तलिमको समुद्घाटन माननीय महान्यायाधिवक्ताज्यूले गर्नुभयो । तिन दिन सम्म चल्ने सो तलिममा ६० जना सरकारी वकीलहरुको सहभागिता रहेको छ ।
उच्च सरकारी वकील कार्यालय ओखलढुङ्गाको आयोजनामा प्रदेश नं.१ का विभिन्न सरकारी वकील कार्यालयका सरकारी वकीलहरु र प्रदेश नं. १ को मुख्य न्यायाधिवक्ताको कार्यालयमा कार्यरत सरकारी वकीलहरुलाई लक्षित गरी अभियोजन तथा पुनरावेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०७७ भाद्र १७ गते देखि शुरु भयो ।उक्त तालिम कार्यक्रमलाई बरिष्टतम नायब महान्यायाधिवक्ता श्री पद्म प्रसाद पाण्डेयज्यूले समुद्घाटन गर्नुभयो ।तालिममा ४२ जना सरकारी वकीलको सहभगिता रहेको छ ।
यसका अतिरिक्त उच्च सरकारी वकील कार्यालय बुटवलको आयोजनामा प्रदेश नं.५ का सरकारी वकीलहरु र उच्च सरकारी वकील कार्यालय बिरगञ्जको आयोजनामा प्रदेश नं.२ का सरकारी वकीलहरुलाई लक्षित गरी अभियोजन तथा पुनरावेदन / निवेदन पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम क्रमश: मिति २०७७ भाद्र २१ र २२ गते देखि शुरु हुँदैछ ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा।
मिति २०८२।०२।०८ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन नं ४१ को संशोधन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको परिपत्र सम्बन्धमा ।
लेख रचना उपलब्ध गराउने सम्बन्धमा ।
उपभोक्ता अदालत सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयको सूचना (प्रेस विज्ञ्प्ती) ।
वैदशिक अध्ययन छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।