माननीय महान्यायाधिक्ताज्यूद्वारा एसिड पीडितहरु सँग भेटवार्ता ।

samachar

2077-5-15

फौजदारी न्या प्रकृयाको अभिन्न अंगको रुपमा रहेको अपराध पीडितको न्यायको अधिकार सुनिश्चित गरी आफू पीडित एको मद्दुाको अनुसन्धान तथा  कारबाही सम्बन्धी जानकारी पाउने र कानून बमोजिसामाजिकुन:स्थापना र क्षतिपूर्ति  हितको न्याय पाउने हक हुने व्यवस्था नेपालको संविधानले गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालय र माताहतका सरकारी वकील कार्यालयहरु अपराध पीडित र तिनका साक्षीहरुको संरक्षण गर्ने निकाय हो । अपराध पीडितको समस्या सुन्ने, बुझ्ने र कसरी उनीहरुलाई न्याय दिलाउन सकिन्छ र पीडितका चर्र्याईरहेको घाउमा कसरी मलम लगाउन सकिन्छ भन्ने सन्दर्भमा सरकारी वकील कार्यालयले सदैव हेक्का राख्नुपर्दछ । सरकारी वकील कार्यालय अपराध पीडितको आफ्नै कार्यालय भएको कारणले पीडित मैत्री हुनुपर्ने र पीडितहरुसँगको सम्बन्ध अत्यन्तै सुमधुर हुनुका साथै सहजताका साथ भेटघाट र छलफल गर्ने वातावरण हरेक सरकारी वकील कार्यालयहरुले गर्नुपर्दछ । सोही बिषयलाई मध्यनजर गर्दै मिति २०७७ भाद्र १५ गते माननीय महन्यायाधिवक्ता  श्री अग्नि प्रसाद खरेलज्यूले आफ्नै पहलमा एसिड आक्रमणबाट घाईते भई पीडित भएका मुस्कान खातुन र रामराजा थापासँग महान्यायाधिवक्ताको कार्यालयमा  भेटघाट तथा छलफल गर्नुभयो । उक्त भेटघाटमा कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी र एसिड पीडितलाई सहयोग गर्दै आउनु भएका उज्जवल थापासँग समेत छलफल भएको थियो । एसिड आक्रमण जस्तो मानवता विरोधि अपराधलाई निरुत्साहित गर्न अत्यन्तै गम्भिर भएर बस्तुनिष्ठ ढंगबाट अनुसन्धान र अभियोजन गर्नुपर्ने कुरामा महान्यायाधिवक्ताज्यूले जोड दिनुभयो।

भेटघाटको क्रममा एसिड आक्रमणबाट पिडित भएका रामराजा थापालाई उनको योग्यता अनुसारको रोजगारमा लगाईदिने कुरामा महान्यायाधिवक्ताज्यूले विश्वस्त गराउनु भयो । त्यसै गरी अर्का पिडित मुस्कान खातुनको ईच्छा अनुरुप मिति २०७७ भाद्र १६ गते सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्ने व्यवस्था समेतको सुनिश्चितता महान्यायाधिवक्ताज्यूले गर्नुभयो ।    


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

नवनियुक्त माननीय महान्यायाधिवक्ताको पदबहाली ।


नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।