विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको शिलान्यास ।

samachar

2077-5-15

मिति २०७७ भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड-१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक कार्यक्रमका विच शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा नायब महान्यायाधिवक्ताज्यूहरु, सहन्यायाधिवक्ताज्यूहरु,  भवन निर्माणको अनुगमन गर्ने निकाय संघिय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सु..श्री कुमार प्रसाद घिमिरेज्यू,  उपन्यायाधिवक्ताज्यूहरु लगायतका महान्यायाधिवक्ताको कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

भ्याट बाहेक रु. ३१,६२,४०,५७६.२३ सम्झौता रकम रहेको सो भवनको ठेक्काको जिम्मेवारी प्रेरा तुलसी भक्त कन्स्ट्रक्सन प्रा. लि. बालकुमारी ललितपुरले प्राप्त गरेको छ । काठमाण्डौको मुटु मानिने माईतिघर मण्डलाको उत्तर पट्टि निर्माण हुने भवनको दुई बर्ष छ महिनाको सम्झौता अवधि रहेको सो भवन दुई बर्ष भित्रमा निर्माण सम्पन्न हुने महान्यायाधिवक्ताको कार्यालयले अपेक्षा गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ताज्यूले राजधानीको मुटुमा रहेको यो जग्गामा निर्माणहुने भवनले फरक महत्व बोकेको हुनाले गुणस्तर कायम गर्ने कुरामा कतिपनि सम्झौता नगरीकन तोकिएको समयावधि अगवै निर्माणकार्य सम्पन्न गर्न मुख्य निर्माण व्यवसायी नवराज श्रेष्ठलाई निर्देशन दिनु भयो । भवनको निर्माण सम्पन्न भए पछी हाल भाडामा रहेर विभिन्न समस्या झेल्दै आएका  बिशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौलाई कार्यसम्पादन गर्न सहज हुनेछ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।


मनोनयन सम्बन्धमा


सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।


पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।