2077-5-8
मिति २०७७ भाद्र ८ गते सोमवार माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट पुनरावेदन र दोहोर्र्याई पाउने निवेदनका सम्बन्धमा अनलाइन मार्फत तालिमको समुद्घाटन गर्नुभयो । देशै भरीका १८ वटा उच्च सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता र उपन्यायाधिवक्ताहरु गरी ३४ जनाको सहभागिता रहेको उक्त तलिम २०७७ भाद्र ८ गते देखि २०७७ भाद्र १० गते सम्म सञ्चालन हुनेछ । तिन दिवसीय तालिममा पुनरावेदन र दोहोर्याउने निवेदनका लागि प्राप्त मस्यौदाको अवस्था र दोपाका निवेदन गर्दा विचार गर्नु पर्ने कुराहरु, पुनरावेदकीय र सुपरिवेक्षणात्मक क्षेत्राधिकार, पुनरावेदन सम्बन्धी अवधारणा र पुनरावेदनपत्र सम्बन्धी कानूनी व्यवस्था, फैसला र आदेशको प्राप्ति र पुनरावेदन निवेदन गर्ने म्याद र कानूनी व्यवस्था र पुनरावेदन निवेदनमा उठाउनु पर्ने विषयहरु, वेरितको आदेश वदर गर्ने निवेदनको सैद्धान्तिक र व्यवहारिक ज्ञान लगायतका बिषहरुमा सत्रहरु सञ्चालन हुनेछन ।
अभियोजन सुधार बर्षको रुपमा आ.व. २०७७/७८ मनाउने महान्यायाधिवक्ताको कार्यालयले घोषणा गरे सँगै नेपाल सरकार वादी भई चल्ने मुद्दाहरुमा थप सफलता प्राप्त गर्ने उद्देश्य अनुरुप पुनरावेदन र दोहोर्र्याई पाउने निवेदनका सन्दर्भमा कोभिड -१९ को विषम परिस्थितिमा समेत जुम एप्लिकेशन मार्फत तालिम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्ताखाले कार्यक्रम मार्फत सरकारी वकीलहरुलाई थप क्षमता अभिबृद्दि गराईने कुरा महान्यायाधिवक्ताज्यूले गर्नु भएको थियो । कोभिड -१९ को विषम परिस्थितिमा समेत जुम एप्लिकेशन मार्फत विभिन्न तहका कर्मचारीहरुलाई ३ चरणमा तालिम सञ्चालन गरिसकिएको छ ।
मिति २०८२।०२।०८ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन नं ४१ को संशोधन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको निर्देशन सम्बन्धमा ।
मिति २०८२।०१।३१ गतेको परिपत्र सम्बन्धमा ।
लेख रचना उपलब्ध गराउने सम्बन्धमा ।
उपभोक्ता अदालत सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयको सूचना (प्रेस विज्ञ्प्ती) ।
वैदशिक अध्ययन छात्रवृतिमा मनोनयन गर्ने सम्बन्धमा ।
लेख रचना उपलब्ध गराईदिने सम्बन्धमा ।
South Korea मा Master's Degree अध्ययन/तालिम सम्बन्धमा ।
अभियोजन सहजीकरण समिति गठन समब्धमा ।
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।