माननीय महान्यायाधिवक्ताज्यू र नेपालका लागि भारतीय राजदुत बीच भेटवार्ता ।

samachar

2077-3-8

नेपालका लागि भारतीय राजदुत महामहिम श्री विनय मोहन क्वात्राले नेपाल राज्यका महान्यायाधिवक्ता माननीय श्री अग्नि प्रसाद खरेलसँग आज शिष्टाचार भेटवार्ता गर्नुभयो ।भेटका क्रममा महामहिमले दुई देश विच रहेको सदियौदेखिको सम्बन्धका बारेमा उल्लेख गर्नु भएको थियो।यस क्रममा नेपाल भारत वीच सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका विकास आयोजनाहरु बारेमा समेत छलफल भएको थियो ।

भेटघाटको क्रममा माननीय महान्यायाधिवक्ताज्यूले संविधान सभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको, संविधान बमोजिमका संरचनाहरु यसको उद्देश्य बमोजिम निर्माण हुने र कार्यान्वयनको क्रममा रहेको बताउनु भयो।

छलफलका क्रममा माननीय महान्यायाधिवक्ता तथा सरकारी वकीलहरुको गत वर्ष भारतमा भएको अध्ययन भ्रमणको समेत समिक्षा गरिएको थियो।यसैगरी महामहिम राजदुतले नेपालका सरकारी वकीलहरुको लागि आवश्यक पर्ने तालिम, अध्ययन भ्रमण तथा उच्च शिक्षाका बारेमा अविलम्ब कार्यक्रम आयोजना गर्न तथा अवसर उपलब्ध गराउने सम्बन्धमा आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो। यसै सन्दर्भमा नेपालको महान्यायाधिवक्ताको कार्यालय र भारतको महान्यायाधिवक्ताको कार्यालयबीच आपसी सहयोग आदान प्रदानको प्रकृया अगाडि बढाउने कुरामा समेत छलफल भयो ।

भेटघाटका क्रममा माननीय महान्यायाधिवक्ताका साथ नायब महान्यायाधिवक्ता श्री पद्मप्रसाद पाण्डे, सहन्यायाधिवक्ताद्वय श्री लोकराज पराजुली र खेमराज ज्ञवाली तथा अन्य सम्बन्धित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

अभियोजन सहजीकरण समिति गठन समब्धमा ।


मिति २०८१।०७।०६ गतेको निर्देशन सम्बन्धमा ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा ।


बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को मस्यौदा ।


बिगो तथा अन्तरिम क्षतिपूर्ति र क्षतिपूर्तिको दाबी लिने मापदण्ड सहितको निर्देशिका तयार गर्ने सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ कार्यकारी सारांश


नेपाल राजपत्र- नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७४) काठमाडौ, कार्तिक १ गते,२०८१ साल (संख्या ३२) भाग ४ महान्यायाधिवक्ताको कार्यलयको सुचना


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


Masters/Ph.D Degree अध्ययनको लागि "JDS Scholarships" अध्ययन/छात्रवृत्ति कार्यक्रम सम्बन्धमा ।


निर्देशन सम्बन्धमा ।


अधिकार प्रत्यायोजन भए बमोजिम गर्ने/गराउने सम्बन्धमा ।


समाचार

सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।


फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।


२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।


महान्यायाधिवक्ता र ILO का Country Director बीच शिष्टाचार भेटघाट ।


माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यू र Mr. Rory Mungoven को सिस्टाचार भेटबार्ता