2076-8-6
मिति २०७६।०८।०४ गते बुधवार बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ (CRC) जारी भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा तथा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारी देशैभरका ९७ वटै सरकारी वकील कार्यालयहरु तथा सम्बन्धित प्रहरी कार्यालयहरुको संयुक्त आयोजनामा ‘समुदाय-प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’ को आयोजना गरिएको थियो । सोही क्रममा महान्यायाधिवक्ताको कार्यालयको सभाहलमा कानून अध्ययन गरिरहेका १४० जना विद्यार्थीहरुको सहभागितामा ‘समुदाय-प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’ को शुभारम्भ समारोहको आयोजना गरिएको थियो। माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूको अध्यक्षता रहेको सो कार्यक्रममा नायब महान्यायाधिवक्ताज्यूहरु, प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षक श्री पुष्कर कार्की, सहन्यायाधिवक्ताज्यूहरु समेतको उपस्थिति रहेको थियो। सो कार्यक्रमको उद्घाटन माननीय महान्यायाधिवक्ताज्यूले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनालले मन्तव्य व्यक्त गर्ने क्रममा अपराध अनुसन्धानको कामलाई निष्ठाका साथ अघि बढाउन प्रहरीले सरकारी वकीलहरुसँग पनि सहकार्यको कामलाई अघि बढाएको स्पष्ट पार्नु भयो । प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दावी पनि गर्नु भयो । कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकीलको कार्यालयबीच साझेदारी कार्यक्रम शुभारम्भ गरिएको बताउनु भयो। उहाँले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाएर पीडितलाई न्याय दिन प्रहरी र सरकारी वकीलहरुको साझेदारी कार्यक्रमले सघाउ पु-याउने विश्वास पनि व्यक्त गर्नु भयो।
.jpg)
Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।
मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।
मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।
सूची दर्ता गर्ने सम्बन्धमा ।
मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।
२०८३।०३।२६ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
मनोनयन सम्बन्धमा
सरकारी वकील श्रृङ्खला सम्बन्धी कार्यक्रमको लागि मनोनयन सम्बन्धमा ।
पुनरावेदन सम्बन्धी कारवाही समयमै सम्पन्न गर्ने सम्बन्धमा परिपत्र।
जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन
संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।
आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।