2076-1-25
विशेष सरकारी वकील कार्यालय, काठमाडौंको आयोजनामा तीन दिवसीय "सूचना प्रविधि र मुद्दा व्यवस्थापन प्रणाली (CMS) सफ्टवेयर प्रयोग सम्बन्धी" सीप विकास तथा प्रशिक्षण कार्यक्रम २०७६ वैशाख १३ गते देखि वैशाख १५ गते सम्म धुलिखेलमा सम्पन्न भएको छ ।
विशेष सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकील र कर्मचारीलाई सूचना प्रविधिको प्रयोगको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै विशेष सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता श्री मुरारीप्रसाद पौडेलले सरकारी वकील र कर्मचारी व्यवसायिक हुन र कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगमा दक्षता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षण कार्यक्रममा सिकेको सीप र ज्ञानलाई सूचना प्रविधिको प्रयोगमा निरन्तरता दिर्इ अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
तीन दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई कार्यालयबाट प्रदान गरिएको ईमेलको प्रयोग सम्बन्धि, मुद्दा व्यवस्थापन प्रणाली सम्बन्धी (CMS) सफ्टवेयरको प्रयोग, महान्यायाधिवक्ताको कार्यालयका लागि निर्माण गरिएका सफ्टवेयरहरूको प्रयोगको अवस्था, महान्यायाधिवक्ताको कार्यालयबाट मातहत कार्यालयको विद्दुतीय अनुगमन प्रणाली, मुद्दा प्रणालीमा भिडियो कन्फरेन्सिङको प्रयोग, महान्यायाधिवक्ताको कार्यालय र मातहत कार्यालयको मल्टि वेभपेज र सूचना प्रविधिको कार्यान्वयनमा देखिएका चुनौतिहरूको विषयमा विषय विज्ञ प्राविधिकहरुबाट प्रस्तुतिकरण र छलफल भएको थियो ।
प्रशिक्षण कार्यक्रमको स्रोत व्यक्तिहरूमा महान्यायाधिवक्ताको कार्यालयको सूचना प्रविधि महाशाखाका सूचना प्रविधि ईन्जिनियरद्धय श्री सन्देश अवाल र श्री सुनिल पराजुली रहनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको सञ्चालनमा विशेष सरकारी वकील कार्यालय, काठमाडौंका शाखा अधिकृत श्री नगेन्द्र लम्सालले सहजिकरण गर्नुभएको थियो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को कार्यान्वयन तथा अनुसन्धान अभियोजन सम्बन्धमा ।.PDF
मिति २०८२/०४/२८ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
मनोनयन सम्बन्धमा ।
वार्षिक प्रतिवेदन पठाउने सम्बन्धमा ।
मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।
मिति २०८२/०४/१४ गतेको निर्णयानुसार भएको काज सरूवा सम्बन्धमा ।
सूची दर्ता सम्बन्धमा ।
आ.व. २०८१/८२ को सम्पत्ति विवरण बुझाउने सम्बन्धमा ।
तेस्रो पञ्चवर्षिय रणनितिक योजना -महान्याधिवक्ताको कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३
तेस्रो पञ्चवर्षिय रणनितिक योजना -विशेष सरकारी वकिल कार्यालय (वार्षिक कार्ययोजना) ०८२/०८३
आ.व. २०८०/८१ को महान्यायाधिवक्ताको बार्षिक प्रतिवेदन ।
महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।
सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।
सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।
माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।
फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।
अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।
मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।
फौजदारी मुद्दा मिलापत्र तथा समसामयिक विषयमा परामर्श कार्यक्रम ।
२१औं निजामती सेवा दिवस, २०८१ शुभकामना आदान-प्रदान समारोह तथा कदर पत्र वितरण कार्यक्रम ।