बाल न्याय सम्बन्धी दुई दिवसीय कार्यशाला सम्पन्न ।

samachar

2075-12-25

महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा बाल न्याय सम्बन्धी कार्यशाला मिति २०७५/१२/२० र २०७५/१२/२१ गते महान्यायाधिवक्ताको कार्यालयको सभाहल, सिंहदरवारमा सम्पन्न भयो।उक्त कार्यशालामा काठमाडौँ उपत्यकाका ३३ जना सरकारी वकीलहरुको उपस्थिति रहेको थियो।सो कार्यशालाको उद्धाटन माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले गर्नुभएको थियो।

पहिलो दिन बिभिन्न चार विषयमा छलफल भयो, जस अनुसार पहिलो सत्र बालबालिका विरुद्धका कसूरहरुमा माननीय न्या.श्री किशोर सिलवालज्यूले कार्यपत्र प्रस्तुत गर्नु भयो।दोस्रो सत्र बाल अधिकार महासन्धि र बालबालिका सम्बन्धी ऐनले समेटेका अधिकारहरूको विषयमा प्रा.डा.श्री लक्ष्मी प्रसाद मैनालीले सत्र सञ्चालन गर्नुभएको थियो।यसै गरी तेस्रो सत्रमा दिशान्तर विषयमा अधिवक्ता श्री आशिष अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भयो।पहिलो दिनको अन्तिम सत्र बालबालिका सम्बन्धी ऐन, २०४८ र २०७५ को तुलनात्मक अध्ययन रहेको थियो जसमा सहन्यायाधिववक्ता श्री रमादेवी पराजुलीज्यूले कार्यपत्र प्रस्तुत गर्नु भयो।

दोस्रो दिनको पहिलो सत्र पुनःर्स्थापकीय न्याय विषयमा रहेको थियो जसमा श्री केशरीराज पण्डितज्यूले कार्यपत्र प्रस्तुत गर्नु भयो भने दोस्रो सत्र बाल न्याय सम्बन्धी रहेको थियो जुन नायब महान्यायाधिवक्ता श्री किरण पौडेलज्यूले कार्यपत्र प्रस्तुत गर्नु भयो।यसैगरी तेस्रो सत्रमा बाल न्याय सम्बन्धी बिभिन्न केशहरूको प्यानल छलफल गरियो भने दोस्रो दिनको अन्तिम सत्रमा जर्मन न्यायाधीश श्री Dr. Clivia Von Dewitz ले Applying Restorative Justice in cases of Juvenile भन्ने विषयमा सत्र सञ्चालन गर्नुभयो।

यसैगरी बाल न्याय सँग सम्बन्धी दुई दिवसीय कार्यशालाको समापन कार्यक्रममा उपस्थित हुनुभएका वरिष्ठम् नायब महान्यायाधिवक्ता श्री खगराज पौडेलज्यूले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो।UNICEF नेपालको सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको हो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मिति २०८३।०६।२१ गते नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश सम्बन्धी मापदण्ड, २०८३ सम्बन्धी परिपत्र ।


वैदशिक अध्ययन/तालिम/सेमिनार (Seminar on Judicial Practice for Nepal) सम्बन्धमा ।


अपराध पीडित तथा साक्षी सहायता निर्देशिक, २०८३ ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३ ।


Key Findings - Nepal's National Risk Assessment on Money Laundering, Terrorist/Proliferation Financing 2026


सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३” कार्यान्वयन गर्ने सम्बन्धमा ।


मिति २०८३/०४/१९ गतेको पुनरावेदन सम्बन्धी कारबाही उचित समयमा सम्पन्न गर्ने सम्बन्धमा ध्यान दिन माननीय महान्यायाधिवक्ताज्यूबाट भएको निर्देशन सम्बन्धी परिपत्र ।


मिति २०८३।०४।१३ गतेको महान्यायाधिवक्ताको निर्देशन सम्बन्धमा ।


सूची दर्ता गर्ने सम्बन्धमा ।


मोबाइल स्क्यानिङ एप प्रयोग गरी सरकारी कागजात स्क्यान नगर्ने सम्बन्धमा ।


समाचार

जिल्ला सरकारी वकील कार्यालय, मनाङको नवनिर्मित भवनको समुद्घाटन


संयुक्त अधिराज्यको सर्वोच्च अदालतका न्यायाधिश र माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल बीच शिष्टाचार भेटघाट।


आ.व. २०८१/८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयहरूको समष्टिगत व्यवस्थापकीय सुधार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ।


सुनसरी जिल्लाको झुम्का कारागार र कारागार कार्यालय मोरङको अनुगमन तथा निरीक्षण ।


सशस्त्र प्रहरी बलद्धारा आयोजित कानून कार्यान्वयन, मानव अधिकार र लैङ्गिक न्याय सम्बन्धी अनुशिक्षण कार्यक्रम ।


माननीय महान्यायाधिवक्ता र प्रधानसेनापतिज्यूबीच छलफल ।


फौजदारी कसूरको अनुसन्धान र अभियोजनको सुधारका उपायहरु उपर छलफल कार्यक्रम ।


अधिकार प्रत्यायोजन, मिलापत्र सम्बन्धि र समसामयिक विषयमा भेटघाट तथा संवाद कार्यक्रम ।


मिति २०८१/०६/०७ गते संघिय प्यारोल बोर्डको बैठक ।