• "म आफू भ्रष्टचार गर्दिन र अरुलाई पनि गर्न दिन्न" उ.स.व.का. तुलसीपुर । "अभियोजनमा सुधारः व्यवसायिकताको विकास" । महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७८/०७९-२०८२/०८३) अन्तर्गत आ-आफ्नो कार्यालयबाट तयार गरिएको वार्षिक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गराैं । उच्च सरकारी वकील कार्यालय तुलसीपुर र मातहत जिल्ला सरकारी वकील कार्यालयहरुले संविधान र कानून बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्बन्धमा कुनै सल्लाह,सुझाव,जिज्ञासा वा गुनासो भए उच्च सरकारी वकील कार्यालयको फोन नम्बर ०८२५२०२००, ०८२५२३०७८ अथवा कार्यालयको ईमेलः hgao.tulsipur@ag.gov.np सम्पर्क गर्नहुन अनुरोध छ । निजामति सेवा दिवसको आगामी पाँच वर्ष (०७८-२०८२) को नारा " व्यवसायिक र सिर्जनशील प्रशासनः विकास,समृद्धि र सुशासन"

परिचय

नेपालको संविधानको धारा १५८ अनुरुप नेपाल सरकारको प्रमुख संवैधानिक एवं कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्ने, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने नचलाउने निर्णय गर्ने, नेपाल सरकार वादी हुने वा नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने, हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार भए नभएको वा कानून व्यवसायीसँग भेटघाट गर्न दिए नदिएको विषयमा अनुगमन एवं निरीक्षण गर्ने, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको पालन भए नभएको अनुगमन गर्ने, सरकारवादी मुद्दा फिर्ता लिंदा राय दिने जस्ता जिम्मेवारी निर्वाह गर्ने महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिमको अधिकार प्रयोग गरी आफ्नो दैनिक कार्य सम्पादन गर्न उच्च अदालत तथा उच्च अदालतका ईजलासहरु रहेका स्थानमा उच्च सरकारी वकील कार्यालयहरुको स्थापना भएका छन । १८ वटा स्थानहरुमा अवस्थित उच्च सरकारी वकील कार्यालयहरु मध्ये उच्च सरकारी वकील कार्यालय, तुलसीपुर पनि  एक हो । यस कार्यालयको कार्यालय प्रमुखको रुपमा नेपाल न्याय सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत (सहन्यायाधिवक्ता) रहने व्यवस्था छ भने सहन्यायाधिवक्ताको मातहतमा उपन्यायाधिवक्ता (राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत) र सहायक न्यायाधिवक्ता (राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत)हरुको अतिरिक्त अन्य सहायक स्तरका कर्मचारीहरु समेत रहेका छन ।

लुम्बिनी प्रदेशको दाङ जिल्ला (राप्ती लोकमार्ग) तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा उच्च अदालत तुलसीपुरको सधियारको रुपमा उच्च सरकारी वकील कार्यालय, तुलसीपुर अवस्थित रहेको छ । नेपालको संविधानले परिकल्पना गरे बमोजिम मिति २०७३ आश्विन ३ गते देखि लागु हुने गरी साविक पुनरावेदन अदालत उच्च अदालतमा परिणत भएसँगै साविकको पुनरावेदन सरकारी वकील कार्यालयबाट उच्च सरकारी वकील कार्यालय नामाकरण भएको यो कार्यालयको भवन निर्माणकार्य वि.स. २०७३ सालको फागुन महिनामा सम्पन्न भएको हो । यसले साविकको पुरानो भवन कम्पाउण्ड भित्रको ०-६-१३ /४   जग्गामा ............ वर्ग मिटर क्षेत्रफल ओगटेको छ । यस कार्यालयको मातहतमा जिल्ला सरकारी वकील कार्यालय, दाङ्ग, जिल्ला सरकारी वकील कार्यालय, प्यूठान, जिल्ला सरकारी वकील कार्यालय, रोल्पा र जिल्ला सरकारी वकील कार्यालय, रुकुम पूर्व रहेका छन् ।

 



















मातहत सरकारी वकील कार्यालयहरुबाट सम्पादन हुने हरेक कार्यहरुलाई चुस्त, दुरुस्त र थप प्रतिफलयुक्त बनाउने आकांक्षाकासाथ तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनका विवध पक्षमा जिल्ला सरकारी वकील कार्यालय तथा उच्च सरकारी वकील कार्यालयहरुबाट हुने कामकारवाहीका सन्दर्भमा महान्यायाधिवक्ताको कार्यालयबाट जारी मार्गदर्शन र निर्देशन समेतको पुनःस्मरण गराउँदै आ-आफ्नो कार्यालयबाट पारीत गरी पठाईएको आ.व. २०७८।७९ का कार्यक्रम तथा कार्ययोजना र तालिकालाई ख्याल गर्दै थप प्रभावकारिता ल्याउने उद्देश्यले उच्च सरकारी वकील कार्यालय, तुलसीपुरबाट मिति २०७९।०६।३१ मा १६ बुँदे परिपत्र जारी गरिएको छ

































सहन्यायाधिवक्ता

मोहन सागर बश्याल

उपन्यायाधिवक्ता

जय प्रसाद धिताल

सहायक न्यायाधिवक्ता (सूचना अधिकारी/पीडित सहायता अधिकृत)

टिका कुमारी रोका(के.सी.) (९८४८६३२६२४)