2082-8-25
उच्च सरकारी वकील कार्यालय, तुलसीपुरको आयोजनामा ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुर दाङमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुसँग लागू औषध सम्बन्धी सचेतना कार्यक्रम मिति २०८२ मंसिर २५ गते सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सहभागीहरुलार्इ सरकारी वकील, सरकारवादी मुद्दाको कार्यसम्पादन र समुदायको भूमिका विषयमा उच्च सरकरी वकील कार्यालय तुलसीपुरका सहायक न्यायाधिवक्ता श्री टिकाकुमारी रोका (के.सी.) ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उच्च सरकारी वकील कार्यालय तुलसीपुरका निमित्त सहन्यायाधिवक्ता श्री नगेन्द्र लम्सालले लागू औषधको प्रयोग, असर र कानूनी व्यवस्था विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
उहाँले दाङ जिल्लामा लागू औषध सम्बन्धी सरकारवादी फौजदारी मुद्दाको संख्या बढिरहेकोमा लागू औषध दुर्ब्यसनी न्यूनीकरण गर्न तथा लागू औषध बिक्री वितरणको कार्य रोकथामका लागि समुदाय क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो ।
ज्ञान ज्योति माध्यमिक विद्यालयका एकेडेमिक कोअर्डिनेटर श्री शरद गौतमले विद्यार्थी र युवा वर्गलार्इ लागू औषधको कूलतबाट जोगाउन लागू औषध सम्बन्धी सचेतना कार्यक्रम उपयोगी भएको बताउनुभयो ।
ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा कानून विषय अध्ययनरत विद्यार्थी टिकाकुमारी गिरीले सरकारी वकीलको काम कारबाहीबारे जानकारी हुनुका साथै लागू औषधको सेवन र बिक्री वितरणले व्यक्ति र समुदायमा पार्ने असरबारे जानकारी हुनुका साथै यस किसिमका कार्यक्रम विद्यार्थीका लागि प्रभावकारी भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, सरकारी वकील र कर्मचारी गरी ७१ जनाको सहभागीता रहेको थियो ।
उच्च सरकारी वकील कार्यालय तुलसीपरका निमित्त सहन्यायाधिवक्ता नगेन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहायक न्यायाधिवक्ता श्री मन्जु बुढाथोकीले गर्नुभएको थियो ।
मिति २०८२/०८/२९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २७ औं कर्मचारी बैठकको निर्णय।
मिति २०८२/०८/२५ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा ज्ञान ज्योति माध्यामिक विद्यालय तुलसीपुरको कक्षा ११ र १२ का विद्यार्थीहरु बीच सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी सचेतना कार्यक्रमको प्रतिवेदन ।
मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुसँग सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लैंगिक हिंसा सम्बन्धी कानूनी सचेतना अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन
मिति २०८२/०६/२७ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २६ औँ कर्मचारी बैठकको निर्णय
मिति २०८२/६/२७ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर र मातहत जिल्ला सरकारी वकील कार्यालय दाङका सरकारी वकील बीचको पहिलो बैठकको निर्णय
मिति २०८२।०५।१९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको सातौं समन्वय समितिको वैठकको निर्णय ।
मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।
मिति २०८२श्रावन महिनाको उच्च सरकारी वकील कार्यालय तुलसीपुरको मुद्दाको मासिक प्रतिवेदन ।
मिति २०८२/०४/२८ गतेको महान्यायाधिवक्ताको कार्यालयको कार्यालयको सम्पति शुद्धीकरण विषयमा सरकारी वकीलले सम्पादन गर्ने कार्यका सम्बन्धमा जारी निर्देशन ।
मिति २०८२/०८/२५ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको तुलसीपुर स्थित ज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न।
मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरु सहित लैङ्गिक हिंसा विषयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।
मिति २०८२/०३/१३ गते तुलसीपुर मेट्रो कलेजका कानूनका विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
२०८२।०२।०४ स्थानिय समुदाय तथा बिद्यार्थीहरु बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न..........
मिति २०८१।०९।०८ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको समन्वय समितिको वैठकको निर्णय ।
मिति २०८१।०५।२६ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।
मिति २०८०।०३।२३ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।
सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको बिदाई तथा फेरी भटौला कार्यक्रम २०८१/०३/२०
स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०३।१४)