2082-3-32
तुलसीपुर मेट्रो कलेजका कानूनका विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा उच्च सरकारी वकील कार्यालय तुलसीपुरको सभाहलमा दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको तुलसीपुर मेट्रो कलेजमा स्नातक तह कानून विषय अध्ययनरत विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम मिति २०८२ साल असार १३ गते सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सहभागीहरुलार्इ सरकारी वकीलको परिचय, सरकारवादी मुद्दाहरू र समुदायबाट गरिएको अपेक्षा र बाल अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयमा उच्च सरकारी वकील कार्यालय तुलसीपुरका उपन्यायाधिवक्ता नगेन्द्र लम्सालले कार्यपत्र प्रस्तुत गरी जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले उठाएका जिज्ञाशाहरुको सम्बोधन उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता सुशील देवकोटा र कार्यपत्र प्रस्तोता उपन्यायाधिवक्ता नगेन्द्र लम्सालले गर्नुभएको थियो ।
उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता सुशील देवकोटाले सरकारी वकीलको काम र सरकारवादी फौजदारी मुद्दाको विषयमा विद्यार्थीहरुलार्इ जानकारी गरार्इ अपराध न्यूनीकरण गर्न सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले समुदायलार्इ सरकारवादी फौजदारी मुद्दाको विषय र सरकारी वकीलको काम कारबाही बारे जानकारी गराउन र समुदायको सरकारी वकीलको काम कारबाहीबारे धारणा बुझ्न सरकारी वकील कार्यालयहरुबाट कानूनी सचेतना सम्बन्धी समुदायमा सरकारी वकील कार्यक्रम संचालन भइरहेको बताउनुभयो ।
तुलसीपुर मेट्रो कलेजका बिए एलएलबी कार्यक्रमका संयोजक अधिवक्ता श्री विजय पोख्रेलले सरकारी वकीलको कामकारबाही र सरकारवादी फौजदारी मुद्दाको सम्बन्धमा कानूनका विद्यार्थीहरुले थाहा पाउनुपर्ने विषयमा कार्यक्रम आयोजना गरिएको निकै सकारात्मक र उपयोगी रहेको बताउनुभयो ।
उक्त कार्यक्रम उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता सुशील देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन र सहजिकरण उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सहायक न्यायाधिवक्ता मन्जु बुढाथोकीले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, सरकारी वकील र कर्मचारी गरी ४० जनाको सहभागीता रहेको थियो ।
मिति २०८२।९।९ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरका उपन्यायाधिवक्ता नगेन्द्र लम्सालले रमाना हुनु अघि तयार गर्नुभएको कार्यालयको काम कारबाहीको विवरणको प्रतिवेदन ।
मिति २०८२/०८/२९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २७ औं कर्मचारी बैठकको निर्णय।
मिति २०८२/०८/२५ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा ज्ञान ज्योति माध्यामिक विद्यालय तुलसीपुरको कक्षा ११ र १२ का विद्यार्थीहरु बीच सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी सचेतना कार्यक्रमको प्रतिवेदन ।
मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुसँग सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लैंगिक हिंसा सम्बन्धी कानूनी सचेतना अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन
मिति २०८२/०६/२७ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २६ औँ कर्मचारी बैठकको निर्णय
मिति २०८२/६/२७ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर र मातहत जिल्ला सरकारी वकील कार्यालय दाङका सरकारी वकील बीचको पहिलो बैठकको निर्णय
मिति २०८२।०५।१९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको सातौं समन्वय समितिको वैठकको निर्णय ।
मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।
मिति २०८२श्रावन महिनाको उच्च सरकारी वकील कार्यालय तुलसीपुरको मुद्दाको मासिक प्रतिवेदन ।
मिति २०८२/०८/२५ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको तुलसीपुर स्थित ज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न।
मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरु सहित लैङ्गिक हिंसा विषयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।
मिति २०८२/०३/१३ गते तुलसीपुर मेट्रो कलेजका कानूनका विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
२०८२।०२।०४ स्थानिय समुदाय तथा बिद्यार्थीहरु बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न..........
मिति २०८१।०९।०८ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको समन्वय समितिको वैठकको निर्णय ।
मिति २०८१।०५।२६ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।
मिति २०८०।०३।२३ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।
सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको बिदाई तथा फेरी भटौला कार्यक्रम २०८१/०३/२०
स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०३।१४)