विद्यार्थीहरुसँग सरकारी वकील अन्तरक्रिया कार्यक्रम श्री उच्च सरकारी वकील कार्यालय, तुलसीपुर, दाङमा मिति २०७९।०९।२५ गतेका दिन सम्पन्न गरिएको छ ।

samachar

2079-9-26

यस उच्च सरकारी वकील कार्यालय, तुलसीपुर दाङ्गले तयार गरेको वार्षिक कार्ययोजनानुरुप समुदायमा सरकारी वकील कार्यक्रम यस कार्यालयबाट श्री माध्यमिक विद्यालय रझेना, घोराही दाङ्गमा कानून संकाय +१२ मा अध्ययनरत विद्यार्थीहरुसँग श्री उच्च सरकारी वकील कार्यालय, तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको अध्यक्षतामा मिति २०७९।०९।२५ गते विद्यार्थीहरुसँग सरकारी वकील - अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका उपन्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीको स्वागत मन्तव्यबाट प्रारम्भ भई निजबाट कसूरको सूचना, अनुसन्धान प्रक्रिया र न्यायनिरोपणमा आमनागरिक, अनुसन्धान अधिकारी, सरकारी वकील र अदालतको भूमिका विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । विद्यार्थीहरुको तर्फबाट गणेश भण्डारी र प्राचार्य श्री अच्युटराज न्यौपानेबाट धन्यावाद ज्ञापन गर्दै गरिएको थियो । कार्यक्रमको अन्तमा सहभागीहरुलाई धन्यवाद दिँदै कानूनी शिक्षा अध्ययनको महत्व माथि प्रकाश पार्दै विद्यार्थीहरुलाई अध्ययनमा उत्प्रेरणा गर्न सुझावकासाथ कार्यक्रममा अध्यक्ष सहन्यायाधिवक्ता श्री मोहनसागर बश्यालज्यूबाट सबैमा हार्दिक आभार तथा ज्ञापन गर्नु भएको थियो ।