2079-7-29
आज मिति २०७९।०७।२८ गतेका दिन उच्च सरकारी वकील कार्यालय, तुलसीपुरका कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा देहायका कर्मचारीहरुको उपस्थितिमा बैठक बसी देहायका प्रस्तावहरुमा छलफल गरी देहाय बमोजिमको निर्णय गरियो ।
उपस्थिति
सहन्यायाधिवक्ता श्री मोहन सागर बश्याल
उपन्यायाधिवक्ता श्री चन्द्र बहादुर सिंजाली
सहायक न्यायाधिवक्ता श्री ढक बहादुर रावत
सहायक न्यायाधिवक्ता श्री टिका कुमारी रोका (के.सी.)
नायब सुब्बा श्री बासु देब पन्थी
सहायक कम्प्युटर अपरेटर श्री अनु महरा
कार्यालय सहयोगी श्री बुद्धिराम चौधरी
कार्यालय सहयोगी श्री रिता रिजाल
कार्यालय सहयोगी श्री महेश चौधरी
कार्यालय सहयोगी श्री बिपिन वली
छलफलका लागी प्रस्तुत भएका प्रस्ताव (ऐजेण्डा)हरुः
प्रस्ताव नं. १ कार्य समिक्षा एवं वार्षिक कार्य योजना सम्बन्धमा ।
प्रस्ताव नं. २ विविध
प्रस्ताव नं. १ मा छलफल गर्दा आ-आफ्नो कार्य विवरण एवं जिम्मेवारीमा भए गरेका कारवाहीहरुको सामूहिक रुपमा समिक्षा गर्दै पूर्ववत निर्णय कार्यान्वयन गर्न सहयोग पुर्याउनु हुने सबैमा कार्यालय प्रमुख श्रीमान् मोहन सागर बश्यालज्यूबाट धन्यबाद ज्ञापन भयो । यस कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई अझ बढी चुस्त,दुरुस्त र प्रभावकारी बनाउन निष्ठावान भई इमान्दारीतापूर्वक आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने गराउने निर्णय गरीयो ।
मिति २०७९।०३।३१ गते महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिबाट स्वीकृत भएको उच्च सरकारी वकील कार्यालयको वार्षिक कार्ययोजनका बारेमा छलफल गरी उक्त कार्य योजनामा उल्लेखित क्रियाकलाप अनुरुपको कामलाई तदारुकताकासाथ समयमै सम्पन्न गर्ने गराउने निर्णय गरियो ।
प्रस्ताव नं. २ मा छलफल गर्दा यस कार्यालयको मुद्दा तथा अभिलेख व्यवस्थापनलाई सहज, सरल र पारदर्शी बनाउन यस आ.व.मा मुद्दा दायरी रजिष्टरमा रहेका अभिलेखहरुलाई Excel soft copy मा समेत परिणत गरी कम्प्यूटरीकृत गर्नका लागि नायब सुब्बा बासु देव पन्थी र सहायक कम्प्यूटर अपरेटर अनु महरालाई जिम्मेवारी दिने र सो को अनुगमनका लागि उपन्यायाधिवक्ता श्री चन्द्र बहादुर सिंजाली र सहायक न्यायाधिवक्ता श्री टिका कुमारी रोका (के.सी.) लाई तोक्ने निर्णय गरियो ।
उच्च अदालतमा दर्ता गरिएका शुरु मुद्दको CMS Entry को लागी साइबर सुरक्षा र सूचना सञ्चार प्रविधि शाखालाई जिम्मेवारी दिई यथाशिघ्र Entry गर्ने गराउने निर्णय गरियो ।
मिति २०८२।९।९ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरका उपन्यायाधिवक्ता नगेन्द्र लम्सालले रमाना हुनु अघि तयार गर्नुभएको कार्यालयको काम कारबाहीको विवरणको प्रतिवेदन ।
मिति २०८२/०८/२९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २७ औं कर्मचारी बैठकको निर्णय।
मिति २०८२/०८/२५ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा ज्ञान ज्योति माध्यामिक विद्यालय तुलसीपुरको कक्षा ११ र १२ का विद्यार्थीहरु बीच सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी सचेतना कार्यक्रमको प्रतिवेदन ।
मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुसँग सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लैंगिक हिंसा सम्बन्धी कानूनी सचेतना अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन
मिति २०८२/०६/२७ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २६ औँ कर्मचारी बैठकको निर्णय
मिति २०८२/६/२७ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर र मातहत जिल्ला सरकारी वकील कार्यालय दाङका सरकारी वकील बीचको पहिलो बैठकको निर्णय
मिति २०८२।०५।१९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको सातौं समन्वय समितिको वैठकको निर्णय ।
मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।
मिति २०८२श्रावन महिनाको उच्च सरकारी वकील कार्यालय तुलसीपुरको मुद्दाको मासिक प्रतिवेदन ।
मिति २०८२/०८/२५ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको तुलसीपुर स्थित ज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न।
मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरु सहित लैङ्गिक हिंसा विषयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।
मिति २०८२/०३/१३ गते तुलसीपुर मेट्रो कलेजका कानूनका विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
२०८२।०२।०४ स्थानिय समुदाय तथा बिद्यार्थीहरु बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न..........
मिति २०८१।०९।०८ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको समन्वय समितिको वैठकको निर्णय ।
मिति २०८१।०५।२६ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।
मिति २०८०।०३।२३ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।
सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको बिदाई तथा फेरी भटौला कार्यक्रम २०८१/०३/२०
स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०३।१४)