• समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।
  • दलित समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
  • जिल्ला सरकारी वकील कार्यालय प्यूठानमा यहाहरुलाई स्वागत छ।

परिचय

 

 

सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ४(९) बमोजिम प्रत्येक जिल्लाम जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यलय रहने व्यवस्था छ।सोही बमोजिम जिल्ला सरकारी वकील कार्यालय प्यूठानको स्थापना २०२८ सालमा खलङ्गामा भएको हो।यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता -, सहायक जिल्ला न्यायाधिवक्ता -, नायव सुव्वा १, कम्प्यूटर अपरेटर १, खरिदार-. हलुका सवारी चालक -  र कार्यालय सहयोगी ३ जना गरी जम्मा ९ जना दरबन्दी रहेको छ । 

नेपालको संविधानको धारा १५८ मा नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार र मुख्य अभियोजनकर्ताका रूपमा महान्यायाधिवक्ताको व्यवस्था गरिएको छ।सोही धारा १५८(७) मा महान्यायाधिवक्ताले आफ्नो काम, कर्तव्य र अधिकार तोकिएको शर्तको अधीनमा रही प्रयोग र पालन गर्ने गरी मातहतका सरकारी वकीललाई सुम्पन सक्ने व्यवस्था छ।उक्त संवैधानिक प्रावधानअनुरूप महान्यायाधिवक्ताबाट मातहतका जिल्ला सरकारी वकीलहरूलाई आफूमा निहित मुद्दा चलाउने वा नचलाउने अधिकार विभिन्न शर्तसहित सुम्पिएको छ।संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारीसमक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारीसमक्ष अभियोगपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवम् सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्नेलगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित छ।महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्थाअनुसार महान्यायाधिवक्ताबाट मिति २०७२/०६/०३ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रत्यायोजित अधिकार यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुँदै आएको छ।

 

सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम १९ अनुसार जिल्ला सरकारी वकील कार्यालयको  काम, कर्तव्य र अधिकार देहाय बमोजिम छनः

(क)   नेपाल सरकार वादी हुने मुद्दामा प्रहरी वा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात गरी आवश्यक कारबाहीका लागि प्राप्त भएका मिसिलमा महान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भए बमोजिम मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने र मुद्दा चल्ने निर्णय भएकोमा सम्बन्धित अदालतमा मुद्दा दायर गर्ने,

(ख)   नेपाल सरकार वादी भई दायर भएका मुद्दा वा नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट अड्डा अदालतमा उपस्थित भई बहस पैरवी र प्रतिरक्षा गर्ने,

 (ग)   सम्बन्धित जिल्लामा रहेका नेपाल सरकारका कार्यालयका प्रमुखले मागेको कुनै कानूनी प्रश्नमा राय सल्लाह दिने,

(घ)   मुद्दा हेर्ने अधिकारी वा सम्बन्धित अदालतबाट भएको फैसला वा आदेश उपर पुनरावेदन, निवेदन गर्ने  वा नगर्नेसम्बन्धी आवश्यक काम कारबाही गर्ने।

 


समुदायमा सरकारी वकील कार्यक्रम।


समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकील बिद्यार्थी संम्वाद कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


अनुगमन निरीक्षण कार्य सम्पन्‍न


जिल्ला न्यायाधिवक्ता ज्यू को कार्य प्रारम्भ


अनुसन्धान गर्ने निकायमा अनुगम निरीक्षण कार्यक्रम


आ. ब. २०७८/०७९ को लागि जिम्मेवारी सरेका मुद्दाको विवरण ।


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन २०७७ कार्यक्रम सम्पन्न


आ.व. २०७९/०८० को वार्षिक कार्ययोजना


दलित समुदाय विच सरकारी वकील कार्यक्रम सम्पन्न


माननिय महान्यायाधिबक्ता श्री अग्नि प्रसाद खरेल ज्यू बाट जिल्ला सरकारी वकील कार्यालय प्यूठानकाे नबनिर्मित भवनकाे समुदघाटन ।


समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम समपन्न् ।


कानून संकायका बिध्यार्थी माझ सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न्


कार्यालयकाे निर्माणाधिन भवनको निरिक्षण


सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न्


समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकील बिद्यार्थी संम्वाद कार्यक्रम सम्पन्न









सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न्


सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न्


सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न्


सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न्


सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न्


सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न्


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

कर्ण बहादुर बुढाक्षेत्री

सहायक जिल्ला न्यायाधिवक्ता

विष्णु हरि मरासिनी

कम्प्युटर अपरेटर

जानकी खड्का

खरिदार

किर्त बहादुर बि.क.