कानून संकायका बिध्यार्थी माझ सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न्

samachar

2076-7-29

  सरकारी वकील बिध्यार्थी सम्बाद  कार्यक्रम अन्तर्गत सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यस्को दायित्व विषयमा बिध्यार्थीलाइ जानकारी गराउने उद्धेश्यले २०७६।०७।२९ गते प्यूठान जिल्लाको महेन्द्र मा.बि.का कक्षा ११ मा कानून संकायमा अध्ययनरत बिध्यार्थी बिच सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न् गरीएको छ । स.जिल्ला न्यायाधिबक्ता श्री शिब प्रसाद आचार्य ज्यूको  अध्यक्षतामा स‌चालन भएको उक्त कार्यक्रमको प्रमूख अतिथी प्यूठान  जिल्लाका माननिय जिल्ला न्यायाधिश श्री  बिष्णु प्रसाद गौतम हुनुहुन्थ्यो । ना‍.सु. खेमराज भट्टले संचालन गर्नु भएको  शुरु भएको कार्यक्रममा जिल्लाका बरिष्ठ  बिद्धान अधिबक्ता श्री कृष्ण प्रपन्न सुबेदी ले नेपाल बारले प्रदान गर्ने  कानूनी सहायता सम्बन्धमा प्रकाश पार्नु भएको थियो । त्यस्तै बिध्यालय ब्यवस्थापन समितीका अध्यक्ष श्री नबिन प्रकाश श्रेष्ठ र बिध्यालयका प्र.अ. श्री पिताम्बर पौडेलले मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा ६२ जनाको सहभागिता थियो ।

   ६२ जना बिध्यार्थी र प्राध्यापकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सरकारी वकील  शिव प्रसाद आचार्यले सरकारी वकील कार्यालयको काम कर्तव्य एवं समुदाय प्रति यस्को दायित्व र मुलुकी अपराध संहितामा भएको नयां ब्यबस्थाका  बारेमा जानकारी  गराउनु भएको थियो । साथै  जिल्ला न्यायाधिश श्री बिष्णु प्रसाद गौतमले बर्तमान कानूनी ब्यवस्थाको चर्चा गर्दै सहभागीहरुको कानूनी जिज्ञासाको जबाफ दिनुभएको  थियो ।

कानूनका बिध्यार्थी माझ प्रथप पटक गरिएको कार्यक्रम निकै प्रभाबकारी भएको महशुस गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

download