समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2078-8-12

समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यसको दायित्व विषयमा समुदायलाई जानकारी गराउने उद्देश्यले २०७८।०८।१० गते प्यूठान जिल्लाको श्री बाल शिक्षा उच्चा माध्यमिक विद्यालय ओखरकोटमा सरकारी वकील बिद्यार्थी संम्वाद कार्यक्रम समपन्‍न गरेको छ। जिल्ला सरकारी वकील कार्यालय प्यूठानका जिल्ला न्यायाधिवक्ता श्री कृष्ण बहादुर ओली ज्यूको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको प्रमूख अतिथी विद्यालयका प्रध्यानाध्यापक श्री ऋषिराम पोख्रेल, अतिथी हरि जि.सी., अधिवक्ता श्री निमा गिरी र सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराई हुनुहुन्थ्यो। ना‍.सु. खेमराज भट्टले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो।

   ४८ जना बिध्यार्थी र प्राध्यापकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता श्री बाबुराम भट्टराईले मुलुकी अपराध संहितामा भएको नयां ब्यबस्थाको बारेमा प्रशिक्षण गराई सहभागी तर्फबाट उठाईएका जिज्ञासाहरु मेटाउनुका साथै सरकारी वकीलको काम कर्तव्य एवं सुमदाय प्रति यसको दायित्व विषय बारे जिल्ला न्यायाधिवक्ता श्री कृष्ण बहादुर ओली समेतका अतिथीहरुबाट जानकारी गराउनु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments