समुदायमा सरकारी वकील कार्यक्रम।

samachar

2080-6-25


संलग्न जोडिएका विवरणहरु

जिल्ला सरकारी वकील कार्यालय प्यूठानको वार्षिक कार्ययोजना बमोजिम समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यसको दायित्व विषयमा समुदायलाई जानकारी गराउने उद्देश्यले मिति २०80।०6।24 गते प्यूठान जिल्लाको गौमुखी गाउँपालिका कार्यालय रहेको स्थान लिवासे प्यूठानमा सरकारी वकील, गाउँपालिकामा आवद्ध सम्पूर्ण कर्मचारी र स्थानिय वासिन्दा बिचको सम्बाद कार्यक्रम सम्पन्न भएको छ।गौमुखी गाउँपालिकाका उपाध्यक्ष श्री महाबीर राना ज्यूको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय समिती प्यूठानका प्रमुख श्री धरम बहादुर जि.सी, विशेष अतिथिमा उपप्रमुख श्री दुर्गा रेग्मी, अतिथी प्यूठान जिल्ला अदालतका श्रेस्तेदार श्री गणेश कुमार गौतम, कानूनी सहायता समितिका सचिव महेन्द्र प्रसाद न्यौपाने र जिल्ला प्रहरी कार्यालय,प्यूठानका प्र.ना.उ. श्री इश्वर थापा हुनुहुन्थ्यो।सहायक जिल्ला न्यायाधिवक्ता श्री विमल प्रसाद न्यौपानेले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो। 66जना पुरुष र 29 जना महिला गरि जम्मा 95 जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री कर्ण बहादुर बुढाक्षेत्रीले सरकारवादी मुद्दाको अनुसन्धान,अभियोजन र प्रतिरक्षामा सरकारी वकीलको भूमिका र समुदायसँगको अपेक्षा विषयमा कार्यपत्र प्रस्तुत गरी सहभागी तर्फबाट उठाईएका जिज्ञासाहरु मेटाउनु भएको थियो भने कानूनी सहायता तथा कानून व्यावसायीको भूमिका सम्बन्धमा अधिबक्ता श्री महेन्द्र प्रसाद न्यौपाने आफ्नो भनाई राख्नु भएको थियो। कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख श्री दुर्गा रेग्मी, पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्री संजय रिजाल र प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख श्री धरम बहादुर जि.सी.ले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको अध्यक्ष गौमुखी गाउँपालिकाका उपाध्यक्ष श्री महाबीर रानाले आफ्नो मन्तव्य राखेर कार्यक्रमको समापन भएको थियो। download