मिति 2082/07/22 गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।

samachar

2082-7-27

जिल्ला सरकारी वकील कार्यालय प्यूठानको वार्षिक कार्ययोजना बमोजिम समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत बालबालिका र बालबिवाहको परिचय, नेपालमा बालबिवाहको अवस्था, बालबिवाहका चुनौतीहरु, विद्यमान समस्या र समस्या न्यूनिकरणका उपायहरु लगायतका विषयमा समुदायलाई जानकारी गराउने उद्देश्यले मिति 2082/07/22 गते प्यूठान जिल्लाको शारदा माध्यामिक विद्यालय चौरपानी, प्यूठानमा सरकारी वकील र सो विद्यालयमा आवद्ध सम्पूर्ण शिक्षक कर्मचारी र विद्यार्थी बिच सम्बाद कार्यक्रम सम्पन्न भएको छ । शारदा माध्यामिक विद्यालय चौरपानीमा  जिल्ला सरकारी वकील कार्यालय प्यूठानका जिल्ला न्यायाधिवक्ता श्री नरेन्द्र देवकोटाको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथीमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष श्री शोभाखर आचार्य, विशेष अतिथिमा सोही विद्यालयका प्रधानाध्यापक श्री कुलराज पौडेल र अतिथिमा प्र.नि. युवन कुमार चौधरी, शिक्षक प्रकाश अधिकारी, शिक्षक सागर बुढाथोकी, शिक्षक गोविन्द के.सी., शिक्षक गोपाल बहादुर थापा, बाल बिकास शिक्षिका तुलसा पौडेल र समाजसेवी यामलाल पोख्रेल हुनुहुन्थ्यो । सहायक जिल्ला न्यायाधिवक्ता श्री मदन शर्माले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो । 25 जना छात्र र 24 छात्रा गरी जम्मा 49 जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री नरेन्द्र देवकोटाले बालबालिकाको परिचय, बालविवाहको परिचय, नेपालमा बालबिवाहको अवस्था, बालविवाहमा देखिएका चुनौतिहरु, विद्यमान समस्या र समस्या न्यूनिकरणका उपायहरु, बालबिवाह सम्बन्धी कानूनी व्यवस्था सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरी प्रशिक्षण गराई सहभागी तर्फबाट उठाईएका जिज्ञासाहरु मेटाउनु भएको थियो भने प्रमुख अतिथी वि.व्य.स. अध्यक्ष श्री शोभाखर आचार्य र विषेश अतिथी सोही विद्यालयका प्रधानाध्यापक श्री कुलराज पौडेलले बालबिवाह सम्बन्धी आ-आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा अतिथी प्रहरी निरीक्षक युवन कुमार चौधरीले प्यूठान जिल्लामा बालबिवाहको अवस्था सम्बन्धी आफ्नो भनाई राख्नु भएको थियो  भने कार्यक्रमको अध्यक्ष जिल्ला न्यायाधिवक्ता श्री नरेन्द्र देवकोटाले आफ्नो मन्तव्य राखेर कार्यक्रमको समापन गर्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments