समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2078-1-8

समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यस्को दायित्व विषयमा समुदायलाइ जानकारी गराउने उद्धेश्यले २०७८।०१।०३ गते प्यूठान जिल्लाको श्री जनजागृतिमा.वि. कसेरीमा सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न् गरेको छ ।विद्यालयका प्रध्यानाध्यापक श्री शोभा श्रेष्ठ ज्यूको अध्यक्षतामा स‌चालन भएको उक्त कार्यक्रमको प्रमूख अतिथी जिल्ला वार एसोसियसन प्यूठानका अध्यक्ष अधिवक्ता श्री विदुर मल्ल हुनुहुन्थ्यो । ना‍.सु. खेमराज भट्टले संचालन गर्नु भएको कार्यक्रममा जिल्लाका अधिबक्ता श्री विदुर मल्लले नेपाल बारले प्रदान गर्ने  कानूनी सहायता सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

   ५४ जना बिध्यार्थी र प्राध्यापकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सरकारी वकील  जनक प्रसाद घिमिरेले मुलुकी अपराध संहितामा भएको नयां ब्यबस्थाको बारेमा जानकारी तथा  सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यस्को दायित्व विषयमा जानकारी गराउनु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

समुदायमा सरकारी वकील कार्यक्रम प्यूठान जिल्लाको मल्लरानी गा.पा.४ कसेरीमा रहेको जनजागृति मा.वि.का कक्षा १० का विद्यार्थीहरुमाझ सम्पन्न भएको छ । download