समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2077-12-8

जिल्ला सरकारी वकील कार्यलय प्यूठानको आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम श्री महेन्द्र माध्यामिक विद्यालय, खलंगा प्यूठानमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरु विच मिति २०७७।११।२८ गते सम्पन्न भएको छ । उच्च सरकारी वकील कार्यालय तुलसीपुरका सह-न्यायाधिवक्ता श्री राजनराज घिमिरे ज्युको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रमको कार्यपत्र निमित्त जिल्ला न्यायाधिवक्ता श्री जनक प्रसाद घिमिरेले प्रस्तुत गर्नुभयको थियो । महेन्द्र मा.वि. खलंगाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नविन श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा  बरिष्ठ अधिवक्ता श्री कृष्ण प्रपन्न सुवेदी, प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल लगायतका वक्ताले सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रममा ६२ जना को सहभागिता रहेको थियो।


संलग्न जोडिएका विवरणहरु

download