माननिय महान्यायाधिबक्ता श्री अग्नि प्रसाद खरेल ज्यू बाट जिल्ला सरकारी वकील कार्यालय प्यूठानकाे नबनिर्मित भवनकाे समुदघाटन ।

samachar

2076-11-22

मिति २०७६।११।२१ गते माननिय महान्यायाधिबक्ता श्री अग्नि प्रसाद खरेलज्यू बाट जिल्ला सरकारी वकील कार्यालयकाे नबनिर्मित भवनकाे समुदघाटन सु-सम्पन्न भयाे ।

     सहन्यायाधिबक्ता श्री बिश्वराज काेइरालाज्यू काे अध्यक्षतामा संचालन भएकाे उक्त कार्यक्रमकाे  प्रमुख अतिथि माननीय महान्यायाधिबक्ता श्री अग्नि  प्रसाद खरेलज्यू बाट  पानसमा दिप प्रज्वलन र शिलालेख अनाबरण गरी समुदघाटन गर्नुभएकाे थियाे भने बिषिष्ट अतिथिकाे रूपमा प्रदेश सभासद माननीय श्री कृष्णध्वज खड्का, जिल्ला समन्वय समितिका प्रमुख श्री केशबराज अाचार्य, मुख्य न्यायाधिबक्ता श्री ठाकुर प्रसाद डि.सी ,प्यूठान नगरपालीका प्रमुख श्री अर्जुन कुमार कक्षपती, मल्लरानी गाउपालिका अध्यक्ष श्री अमरध्वज राना, सहन्यायाधिबक्ताहरू श्री लाेकराज पराजुली,श्री राजनराज घिमिरे ,का.मु.सहन्यायाधिबक्ता  श्री माेहनसागर बस्याल र जिल्ला न्यायाधीश श्री बिश्णु प्रसाद गाैतम रहनु भएकाे थियाे ।

       यसैगरी कार्यक्रममा नेपाल बारका केन्द्रिय सदस्य डा. शिबराज पण्डित,बरिष्ट अधिबक्ता श्री रामेश्वर सुबेदी, जिल्ला अदालत प्यूठान बार इकाइका अध्यक्ष श्री बिदुर मल्ल,  जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला स्थित बिभिन्न संघसस्थाका प्रतिनिधि एवं संचारकर्मीहरू समेतकाे उपस्थिती रहेकाे थियाे ।

       सहन्यायाधिबक्ता श्री राजन राज घिमिरे ज्यूकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा नब निर्मित  भवनकाे प्रतिबेदन जिल्ला न्यायाधिबक्ता श्री  शिबप्रसाद अाचार्यले गर्नु भएकाे थियाे भने बिभिन्न महानुभाबहरूले शुभकामना प्रदान गर्नु भएकाे थियाे ।  कार्यक्रमकाे संचालन जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिबक्ता श्री जनकप्रसाद घिमिरेले गर्नु भएकाे थियाे ।

उक्त अबसरमा प्रमुख अतिथि माननिय महान्यायाधिबक्ता ज्यूले कार्यालयकाे परिसरमा रहेकाे बगैचामा   बृ्क्षाराेपण समेत गर्नुभएकाे थियाे ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments