समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2078-1-7

समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यस्को दायित्व विषयमा समुदायलाइ जानकारी गराउने उद्धेश्यले २०७७।१२।२७ गते प्यूठान जिल्लाको श्री माण्डवी मा.वि. नयाँगाउँमा सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न् गरेको छ । सहायक प्रधानाध्यापक श्री मिन बहादुर पुनमगरको अध्यक्षतामा स‌चालन भएको उक्त कार्यक्रमको प्रमूख अतिथी बरिष्ठ अधिवक्ता श्री रामेश्वर सुवेदी हुनुहुन्थ्यो । ना‍.सु. खेमराज भट्टले संचालन गर्नु भएको कार्यक्रममा जिल्लाका बरिष्ठ  बिद्धान अधिबक्ता श्री रामेश्वर सुवेदीले नेपाल बारले प्रदान गर्ने  कानूनी सहायता सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

   ५२ जना बिध्यार्थी र प्राध्यापकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सरकारी वकील  जनक प्रसाद घिमिरेले मुलुकी अपराध संहितामा भएको नयां ब्यबस्थाको बारेमा जानकारी तथा  सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यस्को दायित्व विषयमा जानकारी गराउनु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

download