दलित समुदाय विच सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2077-9-29

प्यूठान जिल्लाको दलित समुदायको बस्ती रहेको ऐरावती गाउँपालिका ४ कैरनमा  पहिलो पटक मिति २०७७।०९।२५ गते दलित समुदायको विचमा  समुदायमा सरकारी वकिल कार्यक्रम संचालन  गरियो ।  जिल्ला सरकारी वकिल कार्यालय प्युठानको आयोजनामा   नेपाल दलित मुक्ती अभियान प्यूठानको सहकार्यमा संचालित उक्त कार्यक्रममा  सहायक जिल्ला न्यायधिबक्ता जनक प्रसाद घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।  समाजमा कानुनको प्रभाबकारिता ,यसको प्रयोग र समाजमा हुने अपराधिक घटनाका बारेमा सरकारी वकिल कार्यक्रम ले समाजमा चेतना फैलाउँदै अघि बढ्न मद्दत पुग्ने विश्वास गर्नुभयो। दलित समुदायको लागि राज्यले गरेको सम्पुर्ण कानुनी ब्यबस्था जातीय भेदभाव तथा छुवाछुत ,लागूऔषध ,जर्बजस्तीकरणि लगायतका घटना र अहिले अध्यादेश मार्फत आएको जवरजस्ती करणी सम्बन्धी कानुनका प्रावधानका बारेमा कार्यपत्र प्रस्तुत गर्दै समाजमा हरेक बर्गलाई चेतनाको स्तर बढाउन सकियो भने जातीय भेदभावको घटना र अपराधिक घटना समेत कम हुदै जानेमा जोड दिनुभएको थियो ।त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाल बार यशोसियशनका केन्द्रिय सदस्य डा. शिवराज पण्डितले छुवाछूत सम्बन्धि जतिसुकै कानुनी ब्यबस्था भएपनी दलितले पुर्ण रूपमा न्याय नपाएको बताउनुभयो ।  समाज जब सम्म सकुचित दायराबाट माथि उठ्न सक्दैन र चेतनाको स्तर माथि नउठदाँ सम्म यस्ता जातीय विभेद तथा अपराधिक घटनामा कमी आउन नसक्ने भएकाले समाजले यस्ता घटनालाई निरुत्साहित गर्न सक्षम हुनुपर्ने डा. पण्डितको भनाई  राख्नु भयो। अर्का वक्ता वरिष्ठ अधिबक्ता रामेश्वर सुबेदिले दलितका जुनसुकै समस्यामा पनि आफुले वकालत गर्ने बताउनुभयो ।कार्यक्रममा दलित मुक्ति अभियानका केन्द्रिय सदस्य सन्तोष बि क ले जातीय छुवाछूत र भेदभाव बिरुद्धमा सरकारी कोसिस सर्हानिय भएको भन्दै समाजमा जातिय छुवाछूत  घटनाहरु दिनप्रतिदिन बढ्दै जानु दुर्भाग्य भएको बताउँदै  समाजलाई चेतनाको स्तरबाट माथि उठाउनुपर्नेमा जोड दिनुभयो। बि क ले कानुन कडा भए पनि ब्यबहारमा फितलो भएको भन्दै कानुनी कारबाहीमा सबैले साथ दिनुपर्नेमा जोड दिदै नेपाल दलित मुक्ति अभियान कुनै राजनितिक संगठन नभई शुद्द दलितहरुको हक हितको बारेमा आवाज उठाउने अभियान रहेको बताउनु भयो।  वडा अध्यक्ष शन्कर भण्डारीको सभापतित्व  र न्यायिक समितिका सदस्य श्री अर्जुन पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन  ना.सु. खेमराज भट्टको सन्चालन गर्नु भएको थियो।  दलित वडा सदस्य शान्ता सापकोटा, प्रहरी सहायक निरिक्षक मीन प्रसाद चौधरी लगायत करिव ५० दलित सहभागीहरुको उपस्थिति रहेको  थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments