समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम समपन्न् ।

samachar

2076-8-4

जिल्ला सरकारी वकील कार्यालय प्यूठान र जिल्ला प्रहरी कार्यालय प्यूठानको सम्युक्त आयोजनामा समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम सम्युक्त रुपमा जिल्लाको सुदुर पुर्बी भाग सीमानामा अबस्थीत  चुजाठाटीमा सम्पन्न गरीयो ।

   करिब ९० जना जनप्रतिनिधी, शिक्षक, आमा समुह, र अन्य स्थानीय ब्यक्तीहरुको सक्रिय सहभागीतामा सभ्य र भब्य रुपमा स‌म्पन्न भएको उक्त कार्यक्रममा  स. जिल्ला न्यायाधिबक्ता श्री शिब प्रसाद आचार्यले समुदायमा सरकारी वकील कार्यक्रमको आबस्यकता र कार्यक्रमको उदेस्य  बर्तमान कानूनी ब्यबस्था र सहमागीले उठाएका कानूनी जिज्ञासाका बारेमा सम्बोधन गर्नु भएको थियो भने प्रहरी नायब उपरिक्षक श्री नरेन्द्र कुमार कार्कीले समुदाय प्रहरी साझेदारी सम्बन्धमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रम मल्लारानी गा.पा. वडा नं. ३ का वडा अध्यक्ष श्री गिरीराज पौडेलको जन प्रतिनिधी तथा सहभागीको तर्फबाट सरकारी वकील कार्यालय तथा प्रहरी कार्यालयलाई यस क्षेत्रमा कार्यक्रम संचालन गरेकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियाे ।


संलग्न जोडिएका विवरणहरु

download