सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न्

samachar

2075-12-14

समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यस्को दायित्व विषयमा समुदायलाइ जानकारी गराउने उद्धेश्यले २०७५।१०।२९ गते प्यूठान जिल्लाको स्वर्गद्धारी क्याम्पसमा सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न् गरेको छ । क्याम्पस प्रमूख गुन्जमान खड्काको अध्यक्षतामा स‌चालन भएको उक्त कार्यक्रमको प्रमूख अतिथी प्यूठान  जिल्लाका जिल्ला न्यायाधिश श्री  बिष्णु प्रसाद गौतम हुनुहुन्थ्यो । ना‍.सु. खेमराज भट्टको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा जिल्लाका बरिष्ठ  बिद्धान अधिबक्ता श्री रामेश्वर सुवेदीले नेपाल बारले प्रदान गर्ने  कानूनी सहायता सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

   १२५ जना बिध्यार्थी र प्राध्यापकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सरकारी वकील  शिव प्रसाद आचार्यले मुलुकी अपराध संहितामा भएको नयां ब्यबस्थाको बारेमा जानकारी तथा  सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यस्को दायित्व विषयमा जानकारी गराउनु भएको थियो । साथै  जिल्ला न्यायाधिश श्री बिष्णु प्रसाद गौतमले सहभागीहरुको कानूनी जिज्ञासाको जबाफ दिनुभएको  थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments