उच्च सरकारी वकील कार्यालय जनकपुर, जनकपुर उपमहानगरपालिका वडा नं. ४ मा अवस्थित छ । यो कार्यालय ५ कठ्ठा १२ धुरमा फैलिएको छ ।
हाल देशै भरी उच्च सरकारी वकील कार्यालयहरूको संख्या १८ रहेको छ, ति मध्ये उच्च सरकारी वकील कार्यालय जनकपुर पनि एक हो । यस कार्यालयहरूको नेतृत्व नेपाल न्यायसेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत (सहन्यायाधिवक्ता) बाट गरिंदै आएको छ । यस कार्यालयमा उपन्यायाधिवक्ता र अधिकृत समेत बाट सरकारी वकीलको रूपमा कार्य सम्पादन गरिन्छ भने अन्य सहायक स्तरका कर्मचारीहरू समेत रहन्छन ।
यस उच्च सरकारी वकील कार्यालय जनकपुरको कार्यसम्पादनको शुरुवात नेपालको संविधानले परिकल्पना गरे बमोजिम साविक पुनरावेदन अदालत मिति २०७३ आश्विन ३ गते देखि लागु हुने गरी उच्च अदालतमा परिणत भए सँगै भएको हो ।
नेपाल सरकार वादी हुने वा नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिनिधित्व गर्ने, नेपाल सरकारको प्रमुख संवैधानिक एवं कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्ने, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने नचलाउने निर्णय गर्ने, सरकारवादी मुद्दा फिर्ता लिंदा राय दिने, हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार भए नभएको वा कानुन व्यवसायीसँग भेटघाट गर्न दिए नदिएको विषयमा अनुगमन एवं निरीक्षण गर्ने, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको पालन भए नभएको अनुगमन गर्ने, नेपाल सरकारवादी वा प्रतिवादी भएको मुद्दामा प्रतिनिधित्व गर्ने जस्ता महान्यायाधिवक्तालाई नेपालको संविधानको धारा १५८ द्धारा प्रदत्त अधिकारको महान्यायाधिवक्ताबाट प्रत्यायोजन भए बमोजिम आफ्नो दैनिक कार्य सम्पादन गर्न उच्च अदालतहरू र उच्च अदालतका ईजलास रहेका स्थानहरूमा उच्च सरकारी वकील कार्यालयहरू स्थापना भएका हुन ।
राजनराज घिमिरे
लक्ष्मीनारायण दाहाल
रेणुका राई
अजित कुमार लाल कर्ण
धर्मेन्द्र दास
दिनेश शाह