यस कार्यालयबाट मिति २०७८/०९/२६ गते यस कार्यालयका सहन्यायाधिवक्ता श्री अच्युतमणी नेउपाने ज्युको अध्यक्षतामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरीयो ।

samachar

2078-9-27

उच्च सरकारी वकीलको कार्यालय,जनकपुर र जिल्ला सरकारी वकीलको कार्यालय,धनुषाको संयुक्त आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम श्री राजर्षि जनक बिश्वबिध्यालयमा संचालन भएको थियो सो कार्यक्रमको अध्यक्षता उच्च सरकारी वकील कार्यालयका सह न्यायाधिवक्ता श्री अच्युतमणि नेउपाने ज्युले गर्नु भएको थियो भने स्वागत मन्तव्य जिल्ला न्यायाधिवक्ता श्री धर्म अवतार कोईरालाले गर्नु भएको र अतिथिहरुमा श्री राजर्षि जनक बिश्वबिध्यालयका डिन प्रा.डा.श्री शैलेन्द्र नारायण मल्लीक,नेपाल बार एशोसिएसन जनकपुर ईकाइका अध्यक्ष श्री किशोरी शाह र श्री राजर्षि जनक क्याम्पसका क्याम्पस प्रमुख श्री बिनोद कुमार कर्ण रहनु भएको थियो सो कार्यक्रमको उद्घोषण जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता श्री अनन्तराज न्यौपानेले गर्नु भएको थियो ।

कानुनका बिध्यार्धिलाइ लक्षित गरी आयोजना गरीएको उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालयका सहायक न्यायाधिवक्ता बद्रीकुमार कार्कीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रमा महान्यायाधिवक्ता सरकारको मुख्य कानूनी सल्लाहकारनेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकारी (प्रमुख अभियोजक),सरकारको सरोकारको मुद्दामा प्रतिनिधित्व र प्रतिरक्षा गर्ने अधिकारीसंसदको आमन्त्रणमा संसदको बैठकका कानूनी प्रश्नमा राय व्यक्त गर्न सक्ने अधिकारीमुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्तको कार्यान्वयन भए वा नभएको अनुगमन गर्ने वा गराउने अधिकारी,हिरासतमा रहेको व्यक्तिलाई संविधानको अधीनमा रही मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानुन व्यवसायी मार्फत भेटघाट गर्न नदिएको भन्ने उजुरी परेमा वा जानकारी हुन आएमा छानबीन गरी त्यस्तो हुनबाट रोक्न सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने अधिकारी लगाएतको भुमिकामा रहेको भनि उल्लेख भएको थियो ।

        साथै उक्त कार्यपत्रमा सरकारी वकीलको काम कारवाही, सरकारी वकीलको संगठनात्मक संरचनाको जानकारी सहीत घरेलु हिंसा, जातीय भेदभाव, बालविवाह, बहुविवाह, मानब बेचबिखन साईबर क्राईम लगायतका विषयहरु समेटीको थियो । उक्त कार्यक्रममा ५५ जना बिध्यार्थीले छलफलमा भाग लिएका र छलफलमा उठेका  बिषय (सेफ हाउस,देवानि र फौजदारी मुद्दामा फरक,सरकारी वकीलले वहस पैरवी गर्ने मुद्दाका प्रकृति,मेलमिलाप सम्बन्धि बिषय)  को सम्बोधन गर्दै सह न्यायाधिवक्ता श्री अच्युतमणि नेउपाने ज्युले मुद्दा चलाउने नचलाउने अधिकार महान्यायाधिवक्ताको रहेको र सोही अधिकार प्रत्यायोजन भए अनुसार सरकारी वकिलले महान्यायाधिवक्ताको अधिकार प्रयोग गरी जिल्ला र उच्चमा प्रतिनिधित्व गर्ने र सरकारी वकील पीडीतको वकील र पीडकको मानव अधिकारको संरक्षक रहेको बिषयमा समेत प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा श्री राजर्षि जनक बिश्वबिध्यालयका डिन प्रा.डा.श्री शैलेन्द्र नारायण मल्लीक,नेपाल बार एशोसिएसन जनकपुर ईकाइका अध्यक्ष श्री किशोरी शाह,श्री राजर्षि जनक क्याम्पसका क्याम्पस प्रमुख श्री बिनोद कुमार कर्ण र उपन्यायधिवक्ता श्री लेखनाथ ढकाल समेततले मन्तव्य राख्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments