समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2079-9-18

श्री महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनितीक योजना आ.ब.२०७९/८० मा रणनीतिक कृयाकलाप अन्तरगत समुदायमा सरकारी वकील कार्यक्रम समेत रहेको र सो अनुसारको कार्यक्रम संन्चालनका लागी ब.उ.शि.नं. ३०१०१०१४३ खर्च शिर्षक २२५२२ रकम समेत विनयोजित भएको छ । यस बर्ष भित्र सन्चालन गर्नू पर्ने उक्त कार्यक्रमहरू मध्य मिति २०७९।०९।१ गते शुक्रबारका दिन गौशाला नगरपालीका महोत्तरीमा स्थानिय नगरपालीकाका उप प्रमुख लगाएत स्थानीय जनप्रतिनिधिहरू समेतको सहभागीतामा समुदायमा सरकारी वकील कार्यक्रम सञ्चालन भएको थियो । उक्त  कार्यक्रमयस कार्यालयका सह-न्यायाधिवक्ता श्री यदुनाथ शर्माको अध्यक्षता सम्पन्न भएको तथा सो कार्यक्रममा, उच्च सरकारी वकील कार्यालयका अन्य अधिकृत तथा कर्मचारीहरू,जिल्ला सरकारी वकील कार्यालय, महोत्तरीका जिल्ला न्यायाधिवक्ता तथा अन्य कर्मचारीहरू, गौशाला नगरपालिका उप-प्रमुख, वडा अध्यक्ष, तथा अन्य स्थानिय जनप्रतिनीधी,  बुद्धिजिवी, समाजसेवी, प्रत्रकार, महोत्तरी बहिरा संघका अध्यक्ष, वि.व्य.स.का अध्यक्ष, प्रहरी निरिक्षक र गौशाला नगरपालिका वडा नं. ५ अन्तर्गत श्री त्रिभुवन माध्यमिक विद्यालय गौशालाका कक्षा १० का विद्यार्थीहरु, लगायत सो वद्यालयका शिक्षकहरुको समेतठूलो संख्यमा सहभागिता रहेको थियो । सो कार्यक्रममा निम्न उद्देश्य सहित समुदाय संग सम्बन्धित विविध विषयहरुमा छलफल एंव अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments