समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2079-9-13

उच्च सरकारी वकीलको कार्यालय,जनकपुर र जिल्ला सरकारी वकीलको कार्यालय,सर्लाही मलंगवाको संयुक्त आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम श्रीमतिमा लक्ष्मीदेवी जनता मा.बि.मलंगवामा संचालन भएको थियो सो कार्यक्रमको अध्यक्षता उच्च सरकारी वकील कार्यालयका सह न्यायाधिवक्ता श्री यदुनाथ शर्मा ज्युले गर्नु भएको थियो भने स्वागत मन्तव्य जिल्ला न्यायाधिवक्ता श्री कैलाश दहालले प्रस्तुत गर्नु भएको र अतिथिहरुमा मलंगवा वडा नं.११ का वडा अध्यक्ष श्री नन्दकिशोर राय,बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सर्वनारायण राय र बिध्यलयका प्रधानाध्यापक श्री युगेश्वर राउत रहनु भएको थियो सो कार्यक्रमको उद्घोषण उच्च सरकारी वकील कार्यालयका उपन्यायधिवक्ता श्री बिबेक कुमार बरालले गर्नु भएको थियो ।

बिध्यार्थी र समुदायलाई लक्षित गरी आयोजना गरीएको उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालयका उपन्यायाधिवक्ता बद्रीकुमार कार्कीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रमा महान्यायाधिवक्ता सरकारको मुख्य कानूनी सल्लाहकार र नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकारी (प्रमुख अभियोजक) लगाएतको भुमिकामा रहेको र सोही अधिकार प्रत्यायोजन भए बमोजिम सरकारी वकीलले कामकारवाही गर्ने अधिकार रहेको भनि उल्लेख भएको थियो ।

        साथै उक्त कार्यपत्रमा सरकारी वकीलको काम कारवाही, सरकारी वकीलको संगठनात्मक संरचनाको जानकारी सहीत घरेलु हिंसा, जातीय भेदभाव, बालविवाह, बहुविवाह,लागु औषध,सवारी ज्यान,मानब बेचबिखन र साईबर क्राईम लगायतका विषयहरु समेटीको थियो । उक्त कार्यक्रममा ६८ जना बिध्यार्थी लगायत समुदायका व्यक्तिहरुले छलफलमा भाग लिएका र छलफलमा उठेका  बिषयहरुको सम्बोधन गर्दै सह न्यायाधिवक्ता श्री यदुनाथ शर्मा ज्युले मुद्दा चलाउने नचलाउने अधिकार महान्यायाधिवक्ताको रहेको र सोही अधिकार प्रत्यायोजन भए अनुसार सरकारी वकिलले महान्यायाधिवक्ताको अधिकार प्रयोग गरी जिल्ला र उच्चमा प्रतिनिधित्व गर्ने र सरकारी वकील पीडीतको वकील र पीडकको मानव अधिकारको संरक्षक रहेको बिषयमा समेत प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा मलंगवा वडा नं.११ का वडा अध्यक्ष श्री नन्दकिशोर राय,बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सर्वनारायण राय र बिध्यलयका प्रधानाध्यापक श्री युगेश्वर राउत समेततले मन्तव्य राख्नु भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments