मिति २०७९/०३/२४ गते सरोकारवालासँग सरकारी वकिल कार्यक्रम आयोजनामा गरीयो ।

samachar

2079-3-27

मिति २०७९/०३/२४ गते उच्च सरकारी वकिल कार्यालयका श्रीमान सहन्यायधिवक्ता श्री यदुनाथ शर्माको सभापतित्वमा सरोकारवालासँग सरकारी वकिल कार्यक्रम उच्च सरकारी वकिल कार्यालय,जनकपुर र जिल्ला सरकारी वकिल कार्यालय,धनुषाको संयुक्त आयोजनामा गरीयो । उक्त कार्यक्रममा उदघोषण उप न्यायाधिवक्ता श्री पोषराज खनालले गर्नु भएको र प्रमुख आथित्यता उच्च अदालत जनकपुरका श्रीमान रजिष्टार खड्गराज अधिकारीले गर्नु भएको थियो भने सरकारी वकील र अन्य निकाय बिचको समन्वय, कानुनि राय, लिखित जवाफ र अपराध अनुसन्धानमा ध्यान दिनुपर्ने बिषयमा कार्यपत्र उपन्यायाधिवक्ता श्री बद्री कुमार कार्कीले प्रस्तुत गर्नु  भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य प्रस्तुत गर्नु हुदै जिल्ला न्यायाधिवक्ता श्री धर्म अवतार कोईरालाले सराकारी वकील र अन्य निकायको समन्वयले नै पीडीले न्याय र पीडकले सजाय पाउन मद्दत हुने हुदा यस प्रकारको कार्यक्रम द्वारा सम्बन्ध प्रगाढ भई न्याय सम्पादन प्रकृया सरलिकरण हुने उल्लेख  गर्दै उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो । उक्त्त कार्यक्रममा ५० जना भन्दा उपस्थिति रहेको थीयो । सहभागि आमन्त्रित बिद्वान अधिवक्ता/बरिष्ठ अधिवक्ताहरु र बिभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि ज्यूहरुलाई छलफलकोलागी समय प्रदान भएकोमा छलफलको समयमा बिद्वान अधिवक्ता/बरिष्ठ अधिवक्ताहरु र बिभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि ज्यूहरुले यस प्रकारको कार्यक्रमले सम्बन्ध स्थापना गरी न्याय सम्पादन सहज हुने र जाहेरी दरखास्त दर्ता जस्ता बिषयमा सबै जनाले पर्मादेशमा जानुपर्ने परीस्तिलाई न्युनिकरण गर्नु पर्ने र अनुसन्धानलाई सफल बनाउन सबैले आआफ्नै तर्फबाट भुमिका निर्वाह गर्नुपर्ने भन्दै बिभिन्न बिषयमा जिज्ञासा समेत राख्नु भएको थियो उक्त कार्यक्रममा उठेका प्रस्नका केही बिषयमा सम्बोधन सहीत  श्रीमान रजिष्टार खड्गराज अधिकारी ज्यूले यस्तो कार्यक्रम समय समयमा राख्नु पर्ने बिषयमा जोड दिनु भएको थियो । कार्यक्रमका सभापति सहन्यायाधिवक्ता श्री यदुनाथ शर्माले सरल,मृदुभाषी शैलीमा ऐन कानुनको व्याख्या गर्दै उपस्थित सम्पुर्ण माहानुभावहरुको   कौतुहलता मेटाउदै  छलफल पेशिमा समन्वय गर्ने तथा लिखित जवाफ समयमा पेश गर्ने र लिखित जवाफ रितपुर्वक पेश गर्ने बिषयमा बिशेष ध्यान पुर्याउन जानकरी  समेत दिनु भएको थियो । सम्बोधनको क्रममा सहन्यायाधिवक्ता ज्यूले कार्यक्रम सफलता पुर्व सम्पन्न गर्न सहयोग गर्नुहुनै सबैलाई धन्यवाद ज्ञापन गर्दै अनुसन्धान अधिकारीले अनुसन्धान गर्दा सरकारी वकीलको निर्देशन परीपालना गरी अुनसन्धान गर्नु पर्ने र सरकारी वकीलले समेत समय समयमा अनुसन्धानको दिशा निर्देश गर्न समन्वय गर्नुपर्नेमा बिशेष ध्यान पुर्याउन निर्देशन गर्दै कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो


संलग्न जोडिएका विवरणहरु

No Attachments