• जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीमा यहाँहरुलाई स्वागत छ । कार्यालय सम्वन्धी केही गुनासा वा सल्लाह सुझाव भएमा कार्यालयको फाेन नम्बर ०७७४२०११५ मा सम्पर्क गर्नुहुन अनुराेध गर्दछाैं ।

परिचय

नेपाल सरकार वैधानिक कानुन, २००४ ले पहिलो पटक सरकारलाई राय सल्लाह पेश गर्न एउटा प्रधान कानुनी सल्लाहकार नियुक्ति गर्न  सक्ने व्यवस्था गरे तापनि यो कानुन कार्यान्वयन नै हुन सकेन। त्यसपछि नेपालको अन्तरिम शासन विधान, २००७ ले यस सम्बन्धमा कुनै व्यवस्था गरेन। वि.स. २००८ सालमा सरकारलाई कानुनी राय सल्लाह दिन कानुनी सल्लाहकारको आवश्यकता महसुस गरी कार्यकारिणी आदेशबाट तत्कालिन सरकारले कालीप्रसाद उपाध्यायलाई पहिलो एटर्नी जनरल नियुक्ति गर्यो। सो पश्चात कानुनी सल्लाहकारको अवधारणा सुरुवात भयो।

प्रधान न्यायलय ऐन, २००८ मा भएको पहिलो संशोधनबाट एटर्नी जनरलको रुपमा महान्यायाधिवक्तालाई कानुनी राय दिने प्रमुख पदाधिकारीको रुपमा जिम्मेवारी तोकेको पाईन्छ।सरकारी मुद्दा सम्बन्धी ऐन,२०१७ जारी भएपछि मात्र कानुनी राय सम्बन्धी संरचनागत व्यवस्था भएको पाईन्छ। नेपालको संविधान, २०१९ को धारा ८० मा महान्यायाधिवक्तालाई राज्यको प्रमुख कानुनी सल्लाकारको रुपमा राख्दै संवैधानिक एवम् कानुनी विषयमा राय सल्लाह दिनुपर्ने संवैधानिक कर्तव्य तोकेको थियो । यस पश्चात नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११०, नेपालको अन्तरिम संविधान,२०६३ को धारा १३५ र नेपालको संविधानको धारा १५८ ले समेत महान्यायाधिवक्ताको जिम्मेवारीलाई निरन्तरता दिदै आएको छ। सरकारी वकील सम्बन्धी नियमावली २०५५ मा संविधानले महान्यायाधिवक्तालाई प्रदान गरेको काम कर्तव्य र अधिकार तोकिएको सर्तको अधिनमा रही प्रयोग तथा पालना गर्ने गरी मातहतका सरकारी वकीललाई प्रत्यायोजन गर्ने सक्ने संवैधानिक व्यवस्था रहेको छ। महान्यायधिवक्तको कार्यालय र मातहतका सरकारी वकील कार्यालयका सरकारी वकीलले कानुनी राय प्रदान गर्ने अक्तियारीलाई यस नियमावलीमा समाहित गरिएको छ।

सरकारी वकील कार्यालयको संगठनात्मक स्वरुप अदालतको स्वरुप र संरचनासँग तादाम्य हुने गरी मिलाईएको छ। नेपालको संविधानले व्यवस्था गरेको अदालतको संरचना र सरकारी वकील कार्यालयको संरचना एकै रहेको छ। सो बमोजिम केन्द्रमा महान्यायाधिवक्ताको कार्यालय, एउटा विषेश सरकारी वकील कार्यालय, १८ वटा उच्च सरकारी वकील कार्यालय र ७७ जिल्लामा जिल्ला सरकारी वकील कार्यालयहरु रहेको छन। जसमध्ये जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँची पनि एक हो। नेपालको एकिकरण पूर्व चौविसे राज्यको रूपमा रहेका अर्घा र खाँची दुई राज्यको एकिकरण पश्चात यस जिल्लाको नाम अर्घाखाँची कायम भएको देखिन्छ। नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्नुपूर्व गुल्मी अन्तर्गत पर्ने यस जिल्ला वि.सं. २०१८ सालमा छुट्टै जिल्लाको रूपमा कायम भएको हो। सो पश्चात अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ मा यस कार्यालयको स्थापना भई हाल यस कार्यालयमा प्रमुखको रुपमा राजपत्रांकित द्धितिय श्रेणीको जिल्ला न्यायधिवक्ता १, राजपत्रांकित तृतिय श्रेणीको सहायक जिल्ला न्यायधिवक्ता १, नायव सुब्वा १, खरिदार १, सहायक कम्प्युटर अपरेटर १, हलुका सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी जम्मा ९ जनाको कुल स्वीकृत दरवन्दी रहेको छ। यस जिल्लामा रहेका नेपाल सरकार मातहतका कुनै सरकारी कार्यालय वा सो कार्यालयको प्रमुखले मागेको कानुनी प्रश्नमा राय प्रदान गर्ने, सरकारवादी हुने फौजदारी कसुरको अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीलाई आवश्यक निर्देशन दिने, जिल्ला अदालत वा सो स्तरमा स्थापना भएका अर्धन्यायिक निकायहरुमा मुद्दा दायर गर्ने, बहस पैरवी, प्रतिरक्षा गर्ने लगायतका जिम्मेवारीहरु बहन गर्दै आईरहेको छ। अन्ततः यस कार्यालयले यस अर्घाखाँची जिल्लामा शान्ति सुव्यवस्था कायम गर्ने सम्बन्धमा जिल्ला भित्र हुने फौजदारी अपराध नियन्त्रण गर्नका लागी अपराधमा संलग्न त्यस्ता व्यक्तिहरुलाई कानुनी दायराभित्र ल्याई अपराधीलाई सजाय र पिडितलाई न्याय दिलाउने एवम कानुनी सचेतना मार्फत अपराध गर्न निरुत्साहित गरी अपराध रहित समाज निर्माण गर्ने कार्यमा सम्बद्ध निकायसँग सहयोग समन्वय र सहकार्य समेत गर्दै आएको छ।


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वीकल कार्यालय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन (कार्तिक १ देखि पौष मसन्तासम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वीकल कार्यालय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन


बार्षिक कार्ययोजना २०७८/२०७९


स्वतः प्रकाशन (Pro-active Disclosure) पहिलो त्रैमासिक (२०७६ श्रावण देखि २०७६ असोज)


कार्यालय भवन स्थानान्तरण भएको सूचना


मिति २०७५ बैशाख १ गते देखि २०७५ असार मसान्त सम्म स्वत प्रकाशित सूचना ।


मिति २०७५ बैशाख १ गते देखि २०७५ असार मसान्त सम्म स्वत प्रकाशित सूचना ।


मिति २०७५ बैशाख १ गते देखि २०७५ असार मसान्त सम्म स्वत प्रकाशित सूचना ।


जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीबाट स्वत प्रकाशन हुने सुचनाहरु ।


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वीकल कार्यालय अर्घाखाँचीसँग सम्बन्धित स्तः प्रकाशन


सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको वैठक सम्पन्न।


मिति २०७९।०३।१७ गतेका दिन मालारानी गाउँपालिका वडा नं. ७ मा समुदायमा सरकारी वकिल अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम २०७९।३।१०


तेस्रो समन्वय समिति बैठक


जिल्ला समन्वय समितिको दोस्रो बैठक मिति २०७८।०९।२८ गते सम्पन्न।


समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम


समन्वय समिति बैठक सम्पन्न


ईलाका प्रहरी कार्यालय ठाडा, अर्घाखाँचीको निरीक्षण कार्य सम्पन्न


साईवर अपराध विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


अभियोजन नीति र मार्गदर्शन, २०७७ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।


शितगंगा-१२ मा समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न


कार्यालयको नवनिर्मित भवनको समुद्धघाटन सम्पन्न


सन्धिखर्क-९ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्‍न


मालारानी-६ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


पाणिनी-८ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७५/१२/२८ गते मालारानि गाउँपालिका वडा नं. ३ खनदहमा सम्पन्न ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

बिष्णु प्रसाद आचार्य

सहायक जिल्ला न्यायाधिवक्ता

तिलक राम लम्साल

नायव सुव्वा/ सूचना अधिकारी 9844750047

सुनिता खनाल

सहायक कम्प्युटर अपरेटर

लक्ष्मी नारायण चौधरी