कार्यालयको नवनिर्मित भवनको समुद्धघाटन सम्पन्न

samachar

2076-9-20

जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीको नव निर्मित भवनको समुद्घघाटन समारोहका सभाध्यक्ष श्रीमान नायब महान्यायाधिवक्ता पद्म प्रसाद पाण्डेयज्यू, प्रमुख अतिथि माननीय महान्यायाधिवक्ता श्रद्धेय अग्नी प्रसाद खरेलज्यू, राष्ट्रिय सभाका माननीय सदस्य चन्द्र बहादुर खड्काज्यू, प्रदेश सभाका माननीय सदस्य चेतनारायण आर्चायज्यु, रामजी प्रसाद घिमिरेज्यू, निर्मला क्षेत्रीज्यु, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालज्यू, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार वि.क.ज्यू, सह न्यायाधिवक्ता लोकराज पराजुली, का.मु. सहन्यायाधिवक्ता मोहनसागर वस्याल, माननीय जिल्ला न्यायाधीश वासुदेव न्यौपानेज्यू, प्रुमूख जिल्ला अधिकारी विजयराज पौडेलज्यू लगायत जिल्ला स्थित सम्पूर्ण कार्यालय प्रमुखज्यूहुरु, सुरक्षा निकायका प्रमुखज्यूहरु, जिल्ला अदालत बार एसोसियसन अर्घाखाँचीका का.वा. अध्यक्ष विजय खत्रीज्यू लगायत सम्पूर्ण विद्धान कानून व्यवसायीज्यूहुरु, सहरी विकास तथा भबन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन इकाइ भैरहवाका सव ओभरसियर जगत खनाल, पत्रकारज्यूहुरु र यस भबन निर्माण गर्नु हुने निर्माण व्यवसायी हरि कुमार श्रेष्ठज्यू लगायत अन्य व्यक्तित्वहरुको उपस्थित रहेको थियो। सो कार्यक्रममा का.वा. अध्यक्ष विजय खत्री, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, माननीय जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, प्रदेश सभा सदस्य निर्मला क्षेत्री, चेतनारायण आर्चाय र राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले आ- आफ्नो मन्तव्य राख्दै कानूनको शासन विना विकास संभव नहुने हुँदा कानुनको परिपालना गराउन महान्यायाधिवक्ता कार्यालय र मातहतका सरकारी वकिल कार्यालयको महत्वपूर्ण भूमिका रहेको भन्दै नव निर्मित भबनबाट हुने सेवा प्रवाहलाइ अझ चुस्त दुरुस्त र पीडित मैत्री हुनु बनाउनु पर्ने भनी आ-आफ्ना विचारहरु व्यक्त गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि माननीय महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलज्यूले अपराध अनुसन्धान र अभियोजनलाइ प्रभाव पार्ने गरी कुनै पनि क्षेत्रवाट हस्तक्षेत नगर्ने हो भने विधिको शासनको अनुभुति हुने, समाजमा रहेको विकृति र विङ्गतिहरुलाइ अन्त्य गर्नु पर्ने, जातीय बिभेदहरुको पनि अन्त्य गरी समतामूलक समाजको निर्माण गर्नु पर्ने, निर्दोष व्यक्ति फस्ने र कसूरदार उम्कने अवस्था नहुने प्रति सचेत रहनु पर्ने, मुलुकी अपराध संहिताले लिएका कतिपय कानूनी व्यवस्थाहरुलाइ यथोचित रुपमा पालना गर्नु पर्ने, कुरुती कुसंस्कारमा रहेको कतिपय सामाजिक विकृतिहरुलाइ निरुत्साहित पार्ने (छाउपडी प्रथा), पत्राकारहरुले अपराधको सूचना मात्र दिने भन्ने जस्ता विचारहरु व्यक्त गर्नु भएको थियो। त्यस्तै कार्यक्रमका अध्यक्ष श्रीमान नायब महान्यायाधिवक्ता पद्म प्रसाद पाण्डेयले जिल्ला स्थित सरकारी कार्यालयहरुले सरकारी वकिलसँग कानूनको वारेमा सोधपुछ तथा राय माग गरी काम गर्ने हो भने मुद्धाहरुमा कमी आउने र कानूनका सम्बन्धमा सम्बन्धित कार्यालयहरुलाइ काम गर्न सजिलो हुने, महान्यायाधिवक्ता कार्यालयल संस्थागत सृदृढीकरणमा कर्मचारीहरुलाइ तालिम, भ्रमण (स्वदेशी तथा वैदेशिक) सरकारी वकिलको विशिष्टीकरण, भवनहरुको निर्माण लगायतका कार्यहरु गरेको भनि आफ्ना विचारहरु राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो। सो कार्यक्रममा का.मु.सहन्यायाधिवक्ता श्रीमान मोहन सागर वस्यालज्यूले अर्घाखाँची जिल्लामा रहेको धार्मिक तथा पर्टकीय क्षेत्रको बारेमा प्रमुख अतिथि लगायत उपस्थित महानुभावरुलाइ जानकारी गराउदै उपस्थित हुनु भएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिज्यूहरुलाइ स्वागत मन्तव्य राख्नु भएको थियो।कार्यक्रमा कार्यालय प्रमुखको तर्फबाट निमित्त जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले भवन सम्वन्धी सम्पूर्ण विवरण सहितको प्रतिवेदन पेश गर्नु भएको थियो भने कार्यक्रमको संचालन महान्यायाधिवक्ताको कार्यालयको शाखा अधिकृत शिव वाग्लेले संचालन गर्नु भएको थियो। कार्यक्रममा कार्यालय भवनको निर्माण गर्ने निर्माण व्यवसायी हरि कुमार श्रेष्ठ र कार्यालय भवनको सुपरीवेक्षण गर्ने सव ओभरसियर जगत खनाललाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा सरकारी वकील कार्यालय अर्घाखाँचीका खरिदार सुनिता खनाललाइ नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ बैशाख १ गते देखि असार मसान्त सम्म)


समाचार

समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७


समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)


सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको वैठक सम्पन्न।


मिति २०७९।०३।१७ गतेका दिन मालारानी गाउँपालिका वडा नं. ७ मा समुदायमा सरकारी वकिल अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम २०७९।३।१०