अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्‍न

samachar

2076-8-5

३० औं अन्तराष्ट्रिय बाल दिवसको अवसरमा यहि मिति २०७६ मंसिर ४(Nov.20, 2019) गते छत्रदेव गाउँपालिका वडा नं. ३ रैनीपोखरा स्थित जगतमाता आधारभुत विद्यालयमा समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम र समुदाय प्रहरी साझेदारी कार्यक्रम संयुक्त रुपमा सञ्‍चालन गरिएको थियो । समुदायमा कानूनी सचेतना अभिवृद्धि गरी अपराध घटाउने र न्यायमा पहुँच अभिवृद्धि गरी न्यायको अनुभुती दिलाउने साथै बाल अधिकार सम्बन्धी संवैधानिक एवं कानूनी विषयमा जानकारी गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । उक्त कार्यक्रममा विद्यार्थी, समाजसेवी, महिला, दलित, जनप्रतिनिधी, शिक्षक, पत्रकार लगायतको उपस्थिती रहेको थियो । सहायक जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि छत्रदेव गाउँपालिका का अध्यक्ष लेखनाथ पोख्रेल र विशिष्ट अतिथि तुल्सीदेवी श्रेष्ठ, अतिथिहरु प्रहरी निरीक्षक प्रकाश खत्री, जिल्ला बार एसोसियसनका कार्यवहाक अध्यक्ष विजय कुमार के.सी., जिल्ला कानूनी सहायता अधिकृत टिका भुसाल, वडा अध्यक्ष तेज प्रसाद खनाल लगायत रहनुभएको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक प्रकाश खत्रीले आत्महत्या सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै आत्महत्याका कारण, रोकथामका उपायहरु विषयमा, सहायक जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले सरकारवादी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षामा सरकारी वकीलको भूमिका, समुदायसँगको अपेक्षा र बालअधिकार सम्बन्धि अवधारणा कानूनी र संवैधानिक व्यवस्था सम्बन्धि कार्यपत्र प्रसतुत गर्नुभएको थियो भने , जिल्ला बार एसोसियसनका कार्यवहाक अध्यक्ष विजय कुमार के.सी.ले देवानी मुद्दाको प्रक्रिया, मेलमिलाप र छुवाछुतको सम्बन्धि विषयवस्तु, जिल्ला कानूनी सहायता अधिकृत टिका भुसालले जिल्ला कानूनी सहायता समितिले प्रदान गर्ने कानूनी सेवा र बालविवाह सम्बन्धि विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नको जवाफ सहायक जिल्ला न्यायधिवक्ता हरिप्रसाद घिमिरेले दिनुभएको थियो । कार्यक्रम जिल्ला सरकारी वकिल कार्यालयका खरीदार सुनिता खनालको सञ्‍चालनमा सम्पन्‍न भएको हो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

२०८० माघ देखि २०८० चैत्र मसान्त सम्मको स्वतः प्रकाशन


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीसँग सम्बन्धीत स्वतःप्रकाशन (Pro-active Disclosure) २०८० कार्तिकदेखि पौष मसान्तसम्म



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० साउन १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०८० बैशाख १ गते देखि असार मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ माघ १ गते देखि चैत्र मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ कार्तिक १ गते देखि पौष मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ श्रावण १ गते देखि असोज मसान्त सम्म)


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीसँग सम्बन्धित स्वतः प्रकाशन(२०७९ बैशाख १ गते देखि असार मसान्त सम्म)


समाचार

समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम २०८१।०३।०७


समुदायमा सरकारी वकील अन्तरक्रियात्मक कार्यक्रम (मिति २०८१।०२।३२)


सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न (२०८०।०९।०६)


जिल्ला स्तरीय समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको बैठक सम्पन्न


समन्वय समितिको वैठक सम्पन्न।


मिति २०७९।०३।१७ गतेका दिन मालारानी गाउँपालिका वडा नं. ७ मा समुदायमा सरकारी वकिल अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न


समुदायमा सरकारी वकील अन्तर्क्रिया कार्यक्रम २०७९।३।१०